२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

५ वर्षे कार्यकाल भित्र केही न केही नयाँ कामहरु गरेरै छाड्छुः सांसद बोगटी

२०७५, ५ कार्तिक सोमबार १०:५४

कमल रावल | कात्तिक ५ अछाम | अछाम क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य यज्ञ बहादुर बोगटीले आफ्नो ५ वर्षे कार्यकालमा केही न केही नयाँ कामहरु गर्ने पूर्व योजना अनुसार अघि बढिरहेको बताँउनुभएको छ । 

सोमबार रेडियो रामारोशनसंग संक्षीप्त कुराकानी गर्दै साँसद बोगटीले अछामका जनसरोकार, सार्वजनीक चासो र जनताको जनजीविकाका सवाललाई संघिय संसदमा जोडदार रुपमा उठान गरिरहेको बताँउनुभयो । यहाँको विकास, गरिबी र पछौटेपनलाई निरुत्साहित गर्नका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई झकझकाउने देखी सरकारको ध्याँनाकर्षण गराँउने र आवस्यक पहलकदमी गर्ने कार्यमा आफु ब्यस्त रहेको उहाँको भनाई छ । आफ्नो ५ वर्षे कार्यकाल भीत्र अछाममा देखीन लायक केही नयाँ कामहरु गर्ने अठोटका साथ अघि बढिरहेको साँसद बोगटीले बताँउनुभयो । 


जसका लागि २०२८ सालदेखी आवाज उठ्दै आएको मंगलसेन जंगलघाट चिसापानी सडक, कर्णाली करिडोरका रुपमा रहफ देखी कालेकाँडा हुदै चाईनाको हिल्सा नाका जोड्ने सडकलाई प्राथमिकता दिएर अघि बढिरहेको बताँउनुभयो । यस्तै, क्षेत्रनम्वर २ को कमलबजारमा सब स्टेशन राखेर अछाम बिद्युतीकरण गरि केन्द्रिय प्रशारण लाईन जोड्ने, शिक्षाको क्षेत्रमा आँगिक क्यापस बनाँउनका लागि पहल गर्ने र भौतीक संरचना निर्माणमा जोड दिएर आवाज उठाईरहेको उल्लेख गर्नुभयो । साँसद बोगटीले शैक्षीक सवाल, गरिबी, पछौटेपन लगायतका सन्र्दभमा आफुले सदनमा जोडदार रुपमा आवाज उठाएको उल्लेख गर्नुभयो । 

सदनमा अछामको बिभिन्न विकास निर्माणका सन्र्दभमा आवाज उठाउदा र सरकारको ध्याँनाकर्षण गराँउदा कामहरु अघि बढेको समेत उहाँले जानकारी गराँउनुभयो । ५ वर्ष भीत्र सरकारले लिएको सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य पुरा गराँउनका लागि जनतासंग बाचा गरिएका कामहरु पुरा गराँउनका लागि आफु प्रयत्नशिल रहेको साँसद बोगटीले बताँउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने