२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा नाममा दुई पक्षको दावी, ‘नेकपा’ नाममा निर्वाचन आयोगले नै निर्णय गर्ने

२०७५, ७ कार्तिक बुधबार १५:२३

काठमाडौँ, ७ कात्तिक (रासस) ः नेपाल कम्युनिष्ट पार्टीको नाम कुन पक्षलाई दिने भन्ने विषयमा आज सम्बन्धित दलबीच सहमति हुन नसकेपछि निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने भएको छ । 

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि गठन भई आयोगमा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र त्यसअघि दर्तामा रहेको ऋषि कट्टेल नेतृत्वको नेकपाका प्रतिनिधिसँग आज आयोगमा छलफल भएको थियो । 

आयोगका प्रवक्ता एवं सहसचिव दीपक सुवेदीका अनुसार दुवै पक्षले नेकपाको नाममा दाबी कायम राखेपछि आयोगले मिलेर आउन आज दिउँसो दुई घण्टाको समय दिएको थियो । सो अवधिमा कुनै सहमति नजुटेपछि आयोगले चाँडै यसबारे निर्णय दिने जनाएको छ । 

छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट मुक्ति प्रधान र नेकपाका तर्फबाट अध्यक्ष कट्टेलले बहस गरी आफ्नो पक्षले उक्त नाम पाउनुपर्ने दाबी प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने