२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्राकृतिक स्रोतसाधनको समूचित व्यवस्थापनबाट आर्थिक समृद्धि: डा महत

२०७५, ९ कार्तिक शुक्रबार ११:१९

कात्तिक ९, पोखरा | नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले प्राकृतिक स्रोतसाधनको समूचित व्यवस्थापनबाट मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । 

नेपाली काङ्ग्रेस केन्द्रीय आर्थिक नीति मस्यौदा समितिको आयोजनामा आज यहाँ आयोजित पार्टीको आर्थिक नीति सुझाव सङ्कलनका लागि प्रदेशस्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले आर्थिक समृद्धिका लागि स्रोतसाधनको उपयोग र उद्यमशीलता आवश्यक हुनेमा जोड दिनुभया्े । 

बिपीको समाजवादी चिन्तन वर्तमानमा पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गर्दै सहमहामन्त्री डा महतले काङ्ग्रेसले त्यसलाई आत्मसात गर्न नसकेको बताउनुभयो । आर्थिक समृद्धिका लागि सरकार मात्र नभै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनेमा जोड दिँदै उहाँले सम्बद्ध सबैको सहकार्यमा आर्थिक विकास सम्भव भएको बताउनुभयो । वर्तमान सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको नेता महतको आरोप थियो । 

काङ्ग्रेस केन्द्रीय सदस्य एनपी सावदले नीति र सिद्धान्तबाट विचलित बन्ने प्रवृत्तिले पार्टी कमजोर बन्दै गएको प्रति गम्भीर बन्नुपर्ने बताउनुभयो । अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले बिपीको समाजवादी चिन्तनलाई आत्मसात गर्दै उद्यमशीलताको विकास एवं स्रोतसाधनका्े उपयोग गर्न सके आर्थिक विकास सम्भव हुने उल्लेख गर्नुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारी, धनराज गुरुङ, अर्जुन जोशी, काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, डा विजन पन्तलगायतले बोल्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने