१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुराम भट्टराईद्वारा नेकपाको चियापान कार्यक्रम बहिस्कार

१० कार्तिक २०७५, शनिबार ०५:४०

कात्तिक १०, काठमाडौं–नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेकपाको चियापान कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले ५० हजारलाई भोज खुवाई नेकपाले फजुल खर्ग गरेको टिप्पणी गरेका छनु । 

भट्टराईले भनेका छन्, ‘गरीब देशको सर्वहारावर्गको दुहाई दिने पार्टीले ५० हजारलाई भोज खुवाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ, जय होस् !’

चियापान समारोहमा आफू सहभागि नहुने घोषणा गरेका भट्टराईले सामाजिक सञ्जालमार्फत नै शुभकामना भने दिएका छन् । एउटै खाममा ४ वटा शुभकामना र निमन्त्रण पत्र प्राप्त भएको जनाउँदै भट्टराईले भनेका छन्, ‘एउटै खाममा ४ वटा शुभकामना र निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद, तपाईंहरू सबैको भलो होस्,हाम्रो पनि शुभकामना!'

नेकपाले शनिबार राजधानीमा चियापान कार्यक्रमको आयोजना गरेको छ । नेकपाले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको हो । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकतापछि पहिलोपटक भृकुटीमण्डपस्थित बगैँचामा गर्न लागिएको चियापानमा पार्टीले करीब ५० हजारलाई निम्ता गरेको छ भने करीब ३५ हजार सहभागी हुने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन