२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबैको राय र सुझाव समेटेर विधान संशोधन हुन्छ: नेता सिंह

२०७५, १० कार्तिक शनिबार ०८:४२

कात्तिक १०, काठमाडौँ | नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबैको राय र सुझावलाई समेटेर पार्टीको विधान संशोधन गर्ने बताउनुभएको छ । 

नेपाली काँग्रेस टोखा नगरपालिका ८, ९, १० र ११ वडाले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले समयअनुसार सबैलाई समेट्नेगरी विधान संशोधन गर्ने बताउनुभएको हो । “सिङ्गो जनतालाई बेवास्था गरेर कुनै नेताका व्यक्ति अट्ने गरी विधान संशोधन गर्न हुँदैन,”–उहाँले भन्नुभयो । 

पार्टीका पूर्व महामन्त्रीसमेत रहनुभएका नेता सिंहले प्रजातान्त्रिक पद्धति अवलम्बन गरेको काङ्ग्रेस प्रजातान्त्रिक तरिकाले चल्न नसकेको आरोप लगाउनुभयो । “पार्टी विधि, विधानअनुसार चल्न सकेको छैन, विधानअनुसार पार्टी चल्न नसक्दा कमजोर भएको हो,”–उहाँले भन्नुभयो । 

काङ्ग्रेस नेता अर्जुनरसिंह केसीले अधिनायकवादी प्रवृत्तिले काङ्ग्रेस चल्न नसक्ने बताउनुभयो । “नेता होइन नीति, व्यक्ति होइन विचार काङ्ग्रेसभित्र आवश्यक छ,”–उहाँले भन्नुभयो । 

काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले काठमाडौँ काङ्ग्रेसको सङ्गठन बलियो बनाउनका लागि आफू लागिरहेको बताउनुभयो । उहाँले काङ्ग्रेस अहिले लथालिङ्ग अवस्थामा पुगेको भन्दै यसलाई एकढिक्का बनाउनका लागि नेता लाग्नुपर्ने विचार राख्नुभयो । 

प्रदेश सांसद जीवन डङ्गोलले पार्टीले युवामुखी कार्यक्रममा जोड दिएमात्र आगामी दिनमा राम्रो जित हासिल गर्नसकिने बताउनुभयो । काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पार्टीभित्र प्रशिक्षणको खाँचो रहेको औँल्याउनुभयो । 

काङ्ग्रेस टोखा नगरपालिका– १० का अध्यक्ष तेजप्रसाद सेडाईंको अध्यक्षतामा भएको कार्यक्रममा काठमाडौँ काङ्ग्रेस क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गी, काठमाडौँ महानगरपालिका– २६ का अध्यक्ष ख्यामराज तिवारी, काङ्ग्रेस टोखा नपाका अध्यक्ष वसन्त श्रेष्ठ, टोखा नपा– ११ का वडाअध्यक्ष उत्तम अधिकारीलगायतले पार्टीभित्र देखिएको गुटबन्दीलाई अन्त्य गरी सुधारको बाटोमा अगाडि बढ्नुपर्ने सुझाव दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने