१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

काग्रेसको एजेण्डाले जितेको छ: नेता थानी

११ कार्तिक २०७५, आईतवार ०८:१३

कालिकोट ११, कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले  जनताबाट पास भएको नेपाली काँग्रेस आन्तरिक रणनीतिबाट फेल भएको बताएका छन् । नेपाल तरुण दल कालिकोटले आयोजना गरेको ६५ औं स्थापना दिवसको अवसरमा आयोजित चियापान कार्यक्रममा केन्द्रीय सदस्य थानीले नेपाली काँग्रेसले मतबाट हार व्यहोर्नु परेपनि जनताको मनबाट नहारेको दावी गरे ।

बन्दुकको नालबाट सत्ता कब्जा गर्ने सपना बोकेका कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण राजनितिमा ल्याएर काँग्रेसकै नेतृत्वमा संविधान जारी गरी संविधान कार्यान्वयनका चरणहरुको सुरुवात गर्ने काँग्रेसको एजेण्डामा देशमा सबै राजनीतिक दलहरु आएको उनले बताए ।

नेपाल तरुण दल काँग्रेसको मेरुदण्ड भएकाले भोलीको नेतृत्व गर्नका लागि तरुण अनुशासित हुनुपर्ने भन्दै तरुण कार्यकर्तालाई अनुशासित भएर समाज बिकास र पार्टी संगठनमा लाग्न निर्देशन समेत दिए । नेपाली काँग्रेसले विभिन्न समयमा भएका परिवर्तनको नेतृत्व गरेको स्मरण गर्दै काँग्रेसको नेतृत्व विना बिकास र समृद्धि सम्भव नहुने उनको दावी छ ।

निर्वाचन सकिएको एक बर्ष नबित्दै वर्तमान सरकारसंग जनता आजित भएको भन्दै जनताले काँग्रेसको नेतृत्व चाहेको भन्दै उनले कार्यकर्तालाई गाउँगाउँमा केन्द्रित हुन निर्देशन दिए । ‘जनता कम्युनिष्टको एक बर्षे शासनबाट आजित भई सकेका छन्’ उनले भने, ‘अब काँग्रेसको नेतृत्व जनताले खोजेका छन्, त्यसका लागि काँग्रेसका अब गाउँमा केन्द्रित हुन आवश्यक छ ।’ नेपाली काँग्रेससंग प्रतिष्पर्धा गर्न डराएर तत्कालिन दुई पार्टीहरुले एकताको नाटक गरेपनि उनीहरुको एकता दिर्घकालिन नहुने थानीको दावी छ ।

कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले काँग्रेसलाई एकताको सुत्रमा लिन आवश्यक रहेको बताए । आगामी निर्वाचनमा नेपाली काँग्रेसले जित हाँसिल गर्ने भन्दै पार्टीभित्रको एकता अबको अपरिहार्यता भएको उनले बताए ।

कार्यक्रममा नेपाली काँग्रेस जुम्लाका सभापति दीपबहादुर शाही, नेपाली काँग्रेस जिल्ला कार्य समिति कालिकोटका सह–सचिव दमनबहादुर शाही, सदस्य अम्मलराज शाही, नेपाल तरुण दलका केन्द्रीय पार्षद भगवती देवकोटा, नेपाल विद्यार्थी संघका सचिव सविन विष्ट, अन्तरपाटी महिला संघका अध्यक्ष धर्मा शाहीलगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन