२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

काग्रेसको एजेण्डाले जितेको छ: नेता थानी

२०७५, ११ कार्तिक आईतवार ०८:१३

कालिकोट ११, कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले  जनताबाट पास भएको नेपाली काँग्रेस आन्तरिक रणनीतिबाट फेल भएको बताएका छन् । नेपाल तरुण दल कालिकोटले आयोजना गरेको ६५ औं स्थापना दिवसको अवसरमा आयोजित चियापान कार्यक्रममा केन्द्रीय सदस्य थानीले नेपाली काँग्रेसले मतबाट हार व्यहोर्नु परेपनि जनताको मनबाट नहारेको दावी गरे ।

बन्दुकको नालबाट सत्ता कब्जा गर्ने सपना बोकेका कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण राजनितिमा ल्याएर काँग्रेसकै नेतृत्वमा संविधान जारी गरी संविधान कार्यान्वयनका चरणहरुको सुरुवात गर्ने काँग्रेसको एजेण्डामा देशमा सबै राजनीतिक दलहरु आएको उनले बताए ।

नेपाल तरुण दल काँग्रेसको मेरुदण्ड भएकाले भोलीको नेतृत्व गर्नका लागि तरुण अनुशासित हुनुपर्ने भन्दै तरुण कार्यकर्तालाई अनुशासित भएर समाज बिकास र पार्टी संगठनमा लाग्न निर्देशन समेत दिए । नेपाली काँग्रेसले विभिन्न समयमा भएका परिवर्तनको नेतृत्व गरेको स्मरण गर्दै काँग्रेसको नेतृत्व विना बिकास र समृद्धि सम्भव नहुने उनको दावी छ ।

निर्वाचन सकिएको एक बर्ष नबित्दै वर्तमान सरकारसंग जनता आजित भएको भन्दै जनताले काँग्रेसको नेतृत्व चाहेको भन्दै उनले कार्यकर्तालाई गाउँगाउँमा केन्द्रित हुन निर्देशन दिए । ‘जनता कम्युनिष्टको एक बर्षे शासनबाट आजित भई सकेका छन्’ उनले भने, ‘अब काँग्रेसको नेतृत्व जनताले खोजेका छन्, त्यसका लागि काँग्रेसका अब गाउँमा केन्द्रित हुन आवश्यक छ ।’ नेपाली काँग्रेससंग प्रतिष्पर्धा गर्न डराएर तत्कालिन दुई पार्टीहरुले एकताको नाटक गरेपनि उनीहरुको एकता दिर्घकालिन नहुने थानीको दावी छ ।

कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले काँग्रेसलाई एकताको सुत्रमा लिन आवश्यक रहेको बताए । आगामी निर्वाचनमा नेपाली काँग्रेसले जित हाँसिल गर्ने भन्दै पार्टीभित्रको एकता अबको अपरिहार्यता भएको उनले बताए ।

कार्यक्रममा नेपाली काँग्रेस जुम्लाका सभापति दीपबहादुर शाही, नेपाली काँग्रेस जिल्ला कार्य समिति कालिकोटका सह–सचिव दमनबहादुर शाही, सदस्य अम्मलराज शाही, नेपाल तरुण दलका केन्द्रीय पार्षद भगवती देवकोटा, नेपाल विद्यार्थी संघका सचिव सविन विष्ट, अन्तरपाटी महिला संघका अध्यक्ष धर्मा शाहीलगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने