२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केही दिनभित्रै तल्लो तहसम्मको एकता टुङ्गिन्छ: अध्यक्ष दाहाल

२०७५, ११ कार्तिक आईतवार १२:१७

कात्तिक ११, चितवन | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै तल्लो तहसम्मको पार्टी कमिटी बन्ने बताउनुभएको छ । नेकपा चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई सफलतापूर्वक तलसम्म सम्पन्न गर्ने अन्तिम तयारी भइरहेको बताउनुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “केही दिनभित्रै सबै प्रदेश, जिल्ला कमिटी, स्थानीय कमिटीको तल्लो तहसम्मको एकता टुङ्गिने छ ।” देशभित्र र बाहिरको शक्ति पार्टी एकतालाई कमजोर बनाउन लागिपरेको बताउँदै उहाँले त्यसो हुन नदिने बताउनुभयो । 

हजारौँको बलिदानी र लाखौँको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई कुनै पनि शक्तिले कमजोर पार्न नसक्ने बताउँदै उहाँले भन्नुभयो, “आफ्नो ठाउँबाट जे जस्तो त्याग गर्न परेपनि म तयार छु भनेर हामीले कम्युनिष्ट भावना देखायौँ भने कसैले परास्त गर्न सक्दैन ।” 


नेपालमा विकासको युगको शुरुवात भएको भन्दै उहाँले आठ÷दश वर्षमा ठूलो परिवर्तन देखापर्ने बताउनुभयो । पूर्वाधार र मानवीय विकासका क्षेत्रमा सरकार गम्भीर ढङ्गले अगाडि बढेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “पूर्वाधार, रोजगारी, उत्पादनको क्षेत्रमा क्रान्तिकारी जग बसाउन जरुरी छ ।” 

भारत र चीनसँगको सम्बन्ध अहिलेको सरकारले सुमधुर बनाएको भन्दै उहाँले भन्नुभयो “छिमेकीहरुको अवस्था कस्तो हुन्छ भन्ने कुराले नेपालको स्थिरता र विकासका विशेष अर्थ राख्छ ।” नयाँ सरकार बनेपछि दुई देशबीचमा निकै सकारात्मक प्रगति भएको भन्दै नेपालको विकासका निम्ति आवश्यक राजनीतिक वातावरण बनेको बताउनुभयो । 

कार्यक्रममा महासचिव विष्णु पौडेलले भौतिक विकास र मानवीय विकास सँगसँगै अघि लैजानुपर्ने बताउनुभयो । विकास, समृद्धि र सामाजिक न्यायका माध्यमबाट मुलुकमा समाजवाद स्थापना गर्नुपर्ने भन्दै उहाँले समाजवाद संविधानले समेत सुनिश्चित गरेको बताउनुभयो । महासचिव पौडेलले आन्दोलनको उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्वाचनको समयमा जनतासमक्ष गरेका प्रतिबद्धता वर्तमान सरकारले पूरा गर्ने बताउनुभयो । विकासको गति र योजना तीब्र गतिमा अघि बढाइएको उहाँले बताउनुभयो । दुई महीनामा सरकारले रेल सञ्चालन गर्ने उहाँले बताउनुभयो । 

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले महत्वपूर्ण काम गरिरहेको भन्दै केही समयमै जनताले अनुभूति गर्न पाउने बताउनुभयो । तीन वटै सरकारको समन्वय र सहकार्यबाटै विकास र गन्तव्यमा पुग्न सकिने उहाँले बताउनुभयो । 

कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डे, अमिक शेरचन, नारायण दाहाल, आनन्द पोखरेल, कृष्ण खनाल, ईश्वरी भट्टराई, कृष्णभक्त पोखरेललगायतले मन्तव्य राख्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने