२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेकपा गुल्मीको वडा स्तरसम्म नेतृत्व तोक्ने काम सकियो

२०७५, १३ कार्तिक मंगलवार १२:००

प्रेम सुनार । कार्तिक १३, बुटवल । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) गुल्मी जिल्ला कमिटी अन्तरगत प्राय सबै वडा कमिटी सम्मका नेतृत्व चयन गर्ने कार्य लगभग पुरा भएको सो पार्टीले जनाएको छ । अर्को ब्यवस्था नभए सम्मका लागि भन्दै पुर्व एमाले पुर्व माओवादीबाट एक एक जना गाउँपालिका स्तर र वडा कमिटी स्तरो संयोजक चयन गर्ने काम लगभग सकिनै लागेको गुल्मीका प्रस्तावित जिल्ला पार्टी अध्यक्ष बालसिंह काउछाले जानकारी दिए ।

उनका अनुसार प्रत्येक वडाका ती दुबै संयोजकहरुले पछि  भेला आयोजना देखि पार्टी कमिटी सञ्चालन गर्ने छन । काउछाले जिल्ला कमिटी गठन पश्चात मात्रै गाउँ कमिटी र वडा  कमिटी गठनको प्रकृया सुरु हुने बताए ।  प्रस्तावित पार्टी सचिव बुद्धि जिसीले कार्यदलले विभिन्न चरणमा बैठक बसी जिल्लामा केन्द्र र प्रदेश कमिटीको सर्कुलर अनुसार काम अघि बढेको बताए ।

उनले भने–‘पार्टी एकताको भाव कार्यकर्ता स्तर सम्म पुराउन तत्काललाई पुर्व दुबै पार्टीका नेतृत्वहरुलाई संयोजक बनाईएको हो, । पछि केन्द्रको जस्तो नीति बन्छ त्यही अनुसार अगाडी बढिने छ । ’

संयोजक तोक्न बाँकी मध्येको मालिका गाउँपालिकामा आज  पुर्व एमालेबाट रितबहादुर थापा र पुर्व माओवादीबाट देविराम अर्यालको अध्यक्षतामा गाउ कमिटी स्तरका पदाधिकारीको बैठक बसी सो गाउँपालिका अन्तरगतका ८ वटै वडामा संयोजक तोक्ने काम भएको सो पार्टीका विद्यार्थी नेता शोभाखर गिरीले जानकारी दिए ।

उनका अनुसार वडा नम्वर १ नेटामा पुर्व एमालेबाट ढालबहादुर बोहरा र पुर्व माओवादीबाट महेन्द्र बिक संयुक्त पार्टीको संयोजक तोकिएका छन ।  वडा नम्वर २ दर्लिङ्गमा पुर्व एमालेबाट पोमबहादुर बुढा र पुर्व माओवादीबाट भुपालसिंह खत्री संयोजक तोकिएका छन । वडा नम्वर ३ ह्वाङ्गदीमा पुर्व माओवादीबाट तुलबहाुर बिक र पुर्व एमालेबाट लालबहादुर थापा संयोजक चयन भएका छन ।  वडा नम्वर ४ अर्खबाङ्गमा पुर्व एमालेबाट रामप्रसाद अर्याल र पुर्व माओवादीबाट तनबहादुर नेपाली संयोजक तोकिएका छन ।

वडा नम्वर ५ छापाहिलेबाट पुर्व एमालेका रुकबहादुर गिरी पुर्व माओवादीका थानेश्वर अर्यालय संयोजक भएका छन । वडा नम्वर ६ अर्जैबाट पुर्व माओवादीा घनश्याम पराजुली र पुर्व एमालेका ढालबहादुर बिष्ट संयोजक चयन भएका छन । वडा नम्वर ७ घमिरबाट पुर्व माओवादीका ज्ञानराज लम्साल र पुर्व एमालेका बलबहाहदुर कार्की संयोजक तोकिएका छन ।

वडा नम्वर ८ मरभुङ्गबाट पुर्व माओवादीका सुर्यबहादुर जिसी र पुर्व एमालेका तुल्सी अर्याल संयोजक भएका छन । उनिहरुले नेकपाका नेता तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको अब छिट्टै हुन गई रहेको घर दलै कार्यक्रमको ब्यवस्थापन र कार्यकर्ता परिचालनको जिम्मेवारी दिएको मालिका गाउँ कमिटी  संयोजक देविराम अर्यालले बताए ।

मालिका गाउँपालिका अध्यक्ष समेत रहेका अर्का संयोजक रितबहादुर थापाले उक्त गाउँपालिका पहिल्लै देखि कम्युनिष्टहरुको बाहुल्य रहेको भन्दै  अरु थप सशक्त पार्टी बनाएर अगाडी बढिने बिश्वास ब्यक्त गर्दछन ।  गुल्मी जिल्ला पार्टीको कार्यदलमा मधुकृष्ण पन्त , बिरबहादुर कार्की , बालसिंह काउछा र बुद्धि जिसी रहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने