२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सत्तापक्षकै सांसदहरु सरकारविरुद्ध खनिए

२०७५, १४ कार्तिक बुधबार १३:२१

कात्तिक १४, सुर्खेत | कर्णाली प्रदेशका सांसदहरु प्रदेश सरकारका विरुद्धमा खनिएका छन् । दुई तिहाइको सरकारले प्रदेशको बिकास र समृद्धिका लागि योजना बनाउन नसकेको भन्दै सांसदहरु आक्रोशित भएका हुन् । झण्डै तीन महिनापछि मंगलबारबाट कर्णाली प्रदेशसभा बैठक सुचारु भए पछि संसदमै सांसदहरु मन्त्रीहरुका बिरुद्ध खनिएका छन् ।

बुधबार बसेको बर्णाली प्रदेश सभा बैठकको बिषेश समयमा बोल्ने सांसदहरुले बजेट भाषणमा ल्याएका योजनाहरु योजना पुस्तिका (रातो किताब) मा नसमेटिएको भन्दै सांसदहरुले आक्रोश पोखेका हुन् । बजेट पारित भएको चार महिना पछि मंगलबार सरकारले सांसदलाई उपलब्ध गराए पछि बुधबारको बैठकमा सांसदहरुले उक्त रातो किताबमा केन्द्रित भएर धारणा राखेका छन् ।

बुधबार बैठकको सुरुमै कर्णाली प्रदेश सभाको विपक्षी दलका नेता नेपाली काँग्रेसका सांसद जीवनबहादुर शाहीले संसदमा बोल्दै सरकारको आलोचना गरेपछि सत्तापक्षका सांसदहरु पनि उनलाई पछ्याउँदै विरोमा उत्रिएका हुन् । उनीहरुले मुख्यमन्त्री र मन्त्रीहरुलाई सत्ता ढाल्नेसम्मको चेतावनी दिएका छन् । ‘सरकार गठन भएको एक बर्ष भयो सरकारका मन्त्रीहरु सच्चिनु भएन भने हामी विकल्प खोज्न बाध्य हुनु पर्ला’ नेकपाका सांसद ठम्मरबहादुर बिष्टले भने, ‘मुख्यमन्त्रीलाई नटेर्ने र संसदको गरिमालाई लत्याउने मन्त्रीको वर्गीकरण गरी मन्त्रीहरु फिर्ता बोलाउन ढिला गर्नु हुँदैन ।’ नेकपा संसदीय दलको नेताविहीन हुँदा पनि मन्त्रीहरु अटेरी बनेको उनले बताए ।


नेकपाका सांसद पदम रोकायाले मन्त्रीहरुले बजेटमा सांसदहरुलाई विभेद गरेको भन्दै यस्तो नगर्न चेतावनी दिए । सरकारका गतिविधीले दुई तिहाइ बहुमतको सरकार पाँच बर्षसम्म टिक्नेमा शंका गरे । ‘सरकारका यस्तै गतिविधीले यो सरकार ५ बर्ष टिक्न सक्दैन’ उनले भने, ‘आज संसदमा सात जना मन्त्रीबाहेक अरु सबै प्रतिपक्षमा छौ ।’ प्रदेश सरकारको गतीले जनतामा निराशा छाएको र सांसदहरुलाई गाउँ जान समेत कठिन भएको उनले बताए ।

नेकपाकै अर्का सांसद बिचौलियाको प्रभावमा प्रदेश सरकारले बजेट विनियोजन गरेको आरोप लगाए । ‘अहिले मन्त्रीहरुको हिमचिम बिचौलियाहरुसंग बढेको छ । योजना छनौट र बजेट विनियोजनबारे मुख्यमन्त्रीले मन्त्रीहरुबाट छानविन थाल्नु पर्छ’ उनले भने । कर्णाली सरकारले कर्णाली समृद्धिको नारा व्यवहारमा देखाउन नसकेको सांसद अम्मरबहादुर थापाको गुनासो छ । मुलुकमा व्यवस्था फेरीए पनि शासकहरुको चरित्र नफेरिएको भन्दै उनले संसदमै आक्रोश पोखे ।

नेकपाका सांसद बिन्दमान बिष्टले मन्त्रीहरुको निम्न सोचाइले जनतामा निराशा छाएको बताए । योजना वितरणमा मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्र र जिल्ला केन्द्रित भएको भन्दै उनीहरुले आक्रोश पोखेका छन् । बजेट पारित भएको ४ महिनासम्म पनि सरकारले योजना पुस्तिका नल्याए पछि प्रतिपक्षी नेपाली काँग्रेसले संसद अवरुद्ध गर्दै आएको थियो ।

बुधबारको प्रदेश सभा बैठकमा भाग लिँदै कर्णाली प्रदेश सभा विपक्षी दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकारका कारण संघीयता नै धरापमा पर्न लागेको बताए । कर्णाली प्रदेशकै कारण मुलुकमा संघीयता कार्यान्वयनमा अप्ठ्यारोमा पर्न सक्ने उनको तर्क छ । ‘कर्णाली सरकारका मन्त्रीहरुको कार्यशैलीका कारण कर्णाली प्रदेश गन्हाईसकेको छ’ उनले भने । बजेटको किताब माग्न संसद अवरुद्ध गर्नु पर्ने बाध्यता भएको भन्दै उनले बोलेर प्रदेशको समृद्धि नहुने बताए । चार महिनापछि सरकारले ल्याएको बजेट आफन्तमुखी भएको उनको टिप्पणी छ ।

विगत ४ बर्षदेखि त्रिपालमुनी बस्दै आएका सुर्खेतका बाढीपीडितहरुको समस्या समाधान गर्न सांसदहरुले कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । सानातिना कार्यक्रमहरु उद्घाटनमा हेलिकोप्टर चार्टर गर्ने सरकारले बाढीपीडितको समस्या समाधानमा ध्यान नदिएको उनीहरुको आरोप छ ।बुधबारको प्रदेश सभा बैठकमा बिशेष समयमा बोल्दै नेकपाका सांसद पद्मा खड्काले बाढी पीडितको समस्या समाधान गर्न र सुर्खेतबाट कोहदलपुर सारिएको हावापानी कार्यालय सुर्खेतमै राख्न सरकारको ध्यानाकर्षण गराईन् ।

सरकारले ल्याएको बजेट बितरणमुखी भएको भन्दै सरकारको आलोचना गरिन् । कर्णाली सरकारले बजेट विनियोजन गर्दा प्रत्यक्ष निर्वाचित प्रणाली र समानुपातिक प्रर्णालीबाट निर्वाचित सांसदिहरुबीच विभेद गरेको भन्दै आक्रोश पोखिन् । सांसद कुर्मराज शाहीले असोज २४ गते परेको असिना पानीले कालीकोटको शुभकालिका गाउँपालिका र रास्कोट नगरपालिकामा धानबाली र मकै बालीमा क्षती पुर्याएको भन्दै त्यहाँका किसानलाई राहत दिन सरकारसंग माग गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने