१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दलित अधिकार नपाएसम्म मुलुक समृद्धि नहुनेः मुख्यमन्त्रि राउत

१६ कार्तिक २०७५, शुक्रबार १६:५३

राम नारायण पंडि | कात्तिक १६, सिरहा | प्रदेश नं. २ का मुख्यमन्त्रि लालबाबु राउतले दलित समुदाय अधिकार नपाएसम्म मुलुक समृद्धि नहुने बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिका बडा नं. ११ मा शुक्रबार दलित जनप्रतिनिधिहरुको प्रदेश स्तरीय सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रि राउतले मुलुक परिवर्तनको प्रत्येक लडाईमा दलितको भमिका अहम रहेपनि अधिकारको बेलामा सधै बेइमानी हुदै आएको बताएका छन् । 

राजनितिक दलहरुले चुनावको समयमा ठुला–ठुला आश्वासन दिई दलितहरुलाई भोट बैंकको रुपमा प्रयोग गरिरहेको भन्दै उनले दलित समुदाय अहिले पनि हकअधिकार पाउनबाट बन्चित रहेकोले त्यस्ता तत्बबाट आफै सचेत रहनु पर्ने जिकिर गरेका छन् । प्रदेश नं. २ मा दलितको १८ प्रतिशत जनसंख्या रहेपनि उनीहरुको राज्यका निकायहरुमा सम्मानजनक प्रतिनिधित्व हुन नसकेको बताउदै मुख्यमन्त्रि राउतले यस प्रदेशमा प्रदेश सरकारले बनाउने हरेक कानुनमा दलितको सहभागिता जनसंख्या अनुकुल हुने आश्वासन दिएका छन् । पुराना सोच नयाँ पुस्तामा परिवर्तन हुन नसकेकाले अहिले पनि दलित, मुस्लिम लगायतका समुदायलाई दास र गुलाम भई बस्नुपर्ने अवस्था रहेको उनले औल्याए । समाजमा रहेका छुवाछुत, भेदभाव र समाजिक अपराध शिक्षाले मात्र सुधार हुने भएकोले प्रदेश सरकारले “बेटी पढाउ, बेटी बचाउ” कार्यक्रम संचालन गरेको उनले दाबी गरे । 


प्रदेश सरकारले दलित सशक्तिकरण ऐन प्रदेश सभामा पेश गर्ने तयारीमा रहेको भन्दै मुख्यमन्त्रि राउतले यस ऐनले दलितमाथीको छुबाछुत, भेदभाब, अन्याय अन्त भई मुलुक समृद्धिको पथमा अगाडी बढ्ने विश्वास ब्यक्त गरेका छन् ।  दलित समुदाय मानव विकास सुचांकमा सधै पछाडी रहदै आएकोले शिक्षा र रोजगारी अहिलेको प्रमुख आवश्यक्ता रहेको समेत उनले बताए । प्रदेश सरकारले अगाडी बढाएको प्रदेश प्रहरी ऐन लागु हुने समेत उनले जिकिर गरे । 

भेलाले बिभिन्न १० बुँदे माँग राख्दै मुख्यमन्त्रि राउतलाई कर्जन्हा घोषणा पत्र समेत बुझाएका छन् । 


दलित सरोकार मञ्चका निर्देशक एवं दलितका अगुवा नेता भोला पासमानको अध्यक्षतामा कार्यक्रममा कर्जन्हाका मेयर गंगा पासमान, प्रदेश सांसद दिलिप साह, चमेली देबि दास, पुर्बमन्त्रि महेन्द्र पासमान, पुर्ब सांसद बिष्णुलाल वाईवा, संघिय समाजबादी फोरम नेपाल सिरहाका सह–ईन्चार्ज बिष्णु साह लगायतकाले सम्बोधन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड