२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गृह जिल्लामा मन्त्री बिष्ट चार दिनः दजर्नौ कार्यक्रममा सहभागी

२०७५, १९ कार्तिक सोमबार ०५:३७

प्रेम सुनार | कार्तिक १९, बुटवल । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कणराज बिष्टले गृह जिल्ला गुल्मीमा तीन सम्म रहेर दर्जनौं कार्यक्रम सकेर राजधानी प्रस्तान गरेका छन  ।

पहिलो दिन गुल्मीको सिमलटारीमा स्वास्थ्य चौकीको नव निर्मित भवनको उद्घाटन गरी  सोही दिन घमिरको अर्को स्वास्थ्य चौकीको नव निर्मित भवनको उद्घाटन गरेका थिए ।

दोश्रो दिन मालिका गाउँपालिका भित्रका नेपाल कम्युनिष्ट पार्टीका अगुवा कार्यकर्तालाई सम्वोधन गरेका  थिए ।   कार्यकर्तालाई सम्वोधन गर्दै मन्त्री बिष्टले जनतालाई उज्याले दिन आफु मैन बत्ति बनेर जल्नु  पर्नेमा जोड दिएका थिए ।


उनले कार्यकर्ताहरुले आर्थिक मामिलामा लामो हात गरे पार्टी बाट निस्काशित गर्ने चेतावानी दिएका थिए । त्यस अघि मालिका गाउँपालिकाले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा पनि उनले जनप्रतिनिधी र कर्मचारीहरुलाई गलत काम गरेको पाईए कसैलाई नछाड्ने चेतावानी दिएका थिए ।

उनले बृद्ध भत्ता खाँदै आई रहेका बृद्ध लगायत पेन्सनवाला भए बृद्ध भत्ता नपाउने जुन भ्रम छरिएको छ त्यो असत्य भएको र खाँदै आई रहेका सबैले सामाजिक सुरक्षा भत्ता नछुटाईने र तत्काल स्थानिय तहले उनिहरुको भत्ता वितरण गर्न निर्देशन दिएका थिए ।

तेश्रो दिन  मालिका गाउँपालिका ६, अर्जैमा पनि उनले भव्य  कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाको सरकारले सरकार गठन भएको छ ८ महिना सम्म ऐन कानुन र नीति निर्माण गरी आर्थिक समृद्धिको जग खडा गरेको र अब देखि  एक पछि अर्को हुँदै जनताको अपेक्षा पुरा गर्ने तर्फ तिब्रता दिईने उदठघोष गरेका थिए ।

चौथो दिन उनले सदरमुकाम तम्घास स्थित किरण पुस्ताकालेको अत्याधुनिक पुस्ताकालय भवनको शिलान्यास गर्दै र अन्य दजर्नौ भेटघाट कार्यक्रम सकेर राजधानी तर्फ लागेका हुन ।  मन्त्री बिष्टले  आफ्नै पहलमा साढे ४ करोड रकम सरकारद्धारा विनियोजन गराई बन्न लागेको पुस्ताकालय भवनमा ई लाईबेरी समेत रहेने र सुन्दर पार्क सहित आलिसान हुने छ ।

गुल्मी तम्घासका प्राज्ञिक ब्यक्ति शशी पन्थीले  २०२७ सालमा चिदिचौरको एक तले भबनमा किरण पुस्ताकालयको स्थापना गरेका थिए ।    तम्घासको बालमन्दिरमा भएको उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री बिष्ट  किरण पुस्ताकालय स्थापना गर्ने शशी पन्थी आफुलाई पढाउने गुरु रहेको र पुस्ताकालय आफ्नो प्रेरणा रहेको स्मरण गर्दै  जति खर्च लागे पनि भब्य पुस्ताकालय बनाउनमा आफुले मेरै जिम्मा लिने उदठघोष गरेका थिए ।

उनले  जिल्ला अस्पतालको भवन समेत भव्य बनाउँदै जिल्लाको विकासले अब तिब्रता पाउने  उद्घोष गरेका थिए ।  सस्थापक शशी पन्थीले मन्त्री बिष्टले गरेको पहल प्रति आभार प्रकट गर्दै स्थापनाको  सतबार्षिकीको अबसर सम्म आई पुग्दा अत्याधुनिक भवन बन्नु भनेको नयाँ युगमा किरण पुस्ताकालय प्रबेश गरेको भन्दै खुशी ब्यक्त गरेका थिए ।

कार्यक्रममा पुस्ताकालयमा योगदान पुराउने विभिन्न समाज सेवीहरुलाई सम्मान गरिएको थियो । पुस्ताकालयले विगत ४५ बर्ष देखि हाम्रो पुरुषार्थ नामक साहित्यीक पत्रिका प्रकाशन समेत गर्दै आएको    पुस्ताकालयका अध्यक्ष नरप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  सचिव दिन पन्थीको सञ्चालन  रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने