२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेकपा अछामको स्थानीय तहहरुमा पार्टी समायोजनको कार्य टुंगियो

२०७५, १९ कार्तिक सोमबार १४:५३

कमल रावल | कात्तिक १९, अछाम | नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अछामको स्थानीय तहहरुमा पार्टी समायोजनको कार्य टुंगिएको छ । आईतबार अबेर सम्म बसेको पार्टी जिल्ला कार्यदल बैठकले ४ नगरपालिका र ६ गाउँपालिका सहित १० स्थानीय तह तथा ९१ वटा वडाबाट आएको पार्टी समायोजनको संयुक्त खाका ग्रहण गरी प्रदेश कमिटीमा सिफारिस गरेको छ । 

पार्टी समायोजन अन्र्तगत अछाममा ३ नगरपालिका र ३ गाउँपालिकामा साविक नेकपा एमालेले नेतृत्व पाएको छ भने एक नगरपालिका र ३ गाउँपालिका सहित ४ स्थानीय तहमा साविक नेकपा माओवादी केन्द्रले नेतृत्व पाएको छ । मंगलसेन नगरपालिका, साँफेबगर नगरपालिका, कमलबजार नगरपालिका, ढकारी गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र चौरपाटी गाउँपालिकामा तत्कालिन नेकपा एमालले अध्यक्ष लिने निर्णय भएको छ । यस्तै पञ्चदेवल बिनायक नगरपालिका, रामारोशन गाउँपालिका, मेल्लेख गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा तत्कालिन नेकपा माओवादी केन्द्रले नेतृत्व लिने सहमति भई त्यसै अनुसार नेतृत्व चयन गरिएको कार्यदल सदस्य तथा राष्टिय सभा सदस्य शेर बहादुर कुवरले जानकारी दिनु भयो । 


साविक २ वटै पार्टीको जुन जुन स्थानीय तह र वडामा बर्चस्व छ सोही ठाउँमा नेतृत्व लिने गरि नीतिगत निर्णय गरिएको उहाँले बताँउनु भयो । सबै स्थानीय तहमा नेतृत्व टुंगो लगाएर प्रदेश कमिटीमा सिफारिस गरिस किएको तर प्रदेशले कुनै नाम हेरफेर समेत गर्नसक्ने भएकाले तत्काल सार्वजनिक नगरिएको कुवरको भनाई छ । साविक पार्टीलाई प्रतिशतका हिसावले नेतृत्व बाँडफाँड नगरि बर्चस्वका आधारमा नेतृत्व सिफारिस गरिएको जिल्ला कार्यदल सदस्य झपट साउदको भनाई छ । 

सबै स्थानीय तहमा तत्कालिन २ वटै पार्टीबाट सर्व सहमतिका साथ कमिटी सिफारिस गरिएको साउदले जानकारी  दिनु भयो । प्रदेश कमिटीमा सिफारिस स्थानीय पार्टी कमिटीको बिवरण प्रदेशले ग्रहण गरेर पारित गरिसकेपछि जिल्लाले औपचारीक  घोषणा गर्ने नेकपा अछामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने