२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिहार – ‘मौलिकता जोगाउन सकेमात्र भावी पुस्ताप्रति न्याय’

२०७५, २२ कार्तिक बिहीबार १२:४८

कात्तिक २२, बुटवल (रासस) | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तिहार नेपालीको मौलिक पर्व समय बदलिएसँगै यसको मौलिकता हराउँदै जान थालेकाले मौलिकता जोगाउन सक्दा मात्रै भावी पुस्ताप्रति न्याय हुने बताउनुभएको छ । 

मुख्यमन्त्री पोखरेलले सांस्कृतिक पर्वहरूले समाजमा सद्भाव, भातृत्व र मेलमिलाप बढाउँदै सबैलाई एकताको सूत्रमा बाँधेका बताउँदै तिहारले पनि समाजमा सद्भाव बढाउन भूमिका खेल्दै आएको उल्लेख गर्नुभएको छ । 

मुख्यमन्त्री पोखरेलले दीपावली अर्थात् तिहारको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा परिवारिक मिलन र सामाजिक सद्भाव बढाउन हाम्रा पर्वहरुले भूमिका खेलिरहेका र पर्वले दिएका यी अवसरलाई प्रयोग गर्न सक्दा मात्रै समाज सही दिशामा अघि बढ्न सक्ने उल्लेख गर्नुभएको छ । 

उहाँले अहिले पर्वमा तडकभडक बढ्न थालेको प्रति चिन्ता व्यक्त गर्नुहुँदै तिहारलाई तडकभडक ढङ्गले नभई मौलिक पहिचान जोगाउँदै मनाउन प्रदेशवासी सम्पूर्ण जनतामा अपिल गर्नुभएको छ । 

मुख्यमन्त्री पोखरेलले दिनुभएको सन्देहमा आफू नेतृत्वको प्रदेश सरकार प्रदेशको विकास र समृद्धिका माध्यमबाट सिङ्गो राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका बताउँदै समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनीतिक दल, समुदाय, सङ्घ संस्था र आम नागरिकमा अपिल गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने