२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षा नीति परिवर्तन आवश्यक: अध्यक्ष दाहाल

२०७५, २८ कार्तिक बुधबार ०६:३९

कात्तिक २८, म्याग्दी | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले केन्द्रीकृत र एकात्मक नीतिका कारण नेपालमा शैक्षिक बेरोजगारको समस्या बढेको उल्लेख गर्नुभयो । 

शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको दायित्व भएको बताउँदै अध्यक्ष दाहालले शैक्षिक क्षेत्रका समग्र समस्या समाधानका लागि सरकारले नयाँ नीति ल्याउने तयारी गरेको जानकारी दिनुभयो । प्रतिभा पलायन रोक्ने, रोजगारी सिर्जना गर्ने, स्वरोजगार बन्ने, देश विकासका लागि योग्य र दक्ष जनशक्ति तयार पार्न मद्दत पुग्ने शिक्षा नीति बनाइने अध्यक्ष दाहालको प्रतिबद्धता थियो । 

“तीन दिन म्याग्दीमा बस्दा विदेश पलायन हुने यहाँको प्रमुख समस्या रहेको पाएँ” अध्यक्ष दाहालले भन्नुभयो, “यहाँको प्राकृतिक स्रोत साधनलाई परिचालन गर्ने नीति बनाएर यहीँ स्वरोजगार बन्ने नीति बनाउनतर्फ हाम्रो ध्यान जानेछ ।” 

उहाँले दर्जनौँ स्थानमा प्राकृतिक तातोपानीका मुहान रहेको म्याग्दीलाई स्वास्थ्य पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने विचार व्यक्त गर्नुभयो । बेनी बजार संरक्षण र बेनी–दरवाङ–ढोरपाटन सडक स्तरोन्नति योजनालाई पूर्णता दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अध्यक्ष दाहालले म्याग्दी बहुमुखी क्याम्पसको गतिविधि समेटिएको पुस्तकको विमोचन गर्नुभएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदी र प्रमुख टीकाराम सापकोटाले समुदायद्वारा सञ्चालित म्याग्दी क्याम्पसको इतिहास, वर्तमान अवस्था र भावी योजनाका बारेमा जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने