२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री सोडारी नेकपाको साधारण सदस्यबाटै निष्कासित, यस्तो रहेछ कारण

२०७५, २८ कार्तिक बुधबार ०८:०५

कात्तिक २८, कैलाली । पदीय मर्यादा विपरीत काम गरेको आरोपमा मन्त्री पदबाट हटाइएका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई पार्टीले नेकपाको साधारण सदस्यबाटसमेत निष्कासित गरेको छ ।

एकताअघि एमाले कैलालीका अध्यक्षसमेत रहेका सोडारीलाई मंगलबार साँझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको प्रदेश कमिटिले जानकारी दिएको छ ।

सोडारीले मन्त्री रहँदा महिलासँग अनैतिक सम्बन्ध राखेको, आफ्ना नजिकका मान्छेहरुलाई मन्त्रालयको काम दिएको, अपराधिक गतिविधिमा पक्राउ परेकाहरुलाई छुटाउन दवाव दिने जस्ता कार्य गरेकोले हटाइएको नेकपा प्रदेश कमिटीका एकजना सदस्यले बताए ।

मंगलबार नै सामाजिक विकासमन्त्री पदबाट बर्खास्त गरिएका सोडारीका स्थानमा कृष्णराज सुवेदीलाई प्रदेश सरकारले मन्त्रीमा नियुक्त गरिसकेको छ ।

सुवेदी कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने