२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

साँसद छक्कबहादुर अभिनन्दित

२०७५, २ मंसिर आईतवार ०८:१४

रेशमराज रोकाया | मङ्सिर २, हुम्ला | हुम्लाबाट प्रत्यक्ष निर्वाचन तर्फ स्वतन्त्र तर्फका प्रतिनिधि सभाका साँसद छक्क बहादुर लामालाई सम्मान गरिएको छ । निर्वाचित भएको करिब १ वर्ष पछि गृह जिल्लामा लामो समय विताउनु भएका साँसदलाई लामा समुदायको छाता संगठन लामा साँस्कृतिक मञ्चले नागरिक अभिनन्दन गरेको हो । 

हुम्लाको लामा समुदाय पछि परेको भएता पनि राजनितीमा लामा समुदायको प्रतिनिधित्व गरेको र हुम्लाकै गौरब भएको भन्दै लामा साँस्कृतिक मञ्चले सम्मान गरेको छ । मञ्च सबैको साझा संगठन भएको हुनाले यस समुदायको सुख दुःख बिसाउने चौतारीको रुपमा बढेको कारण आगामी दिनमा अझ लामा समुदायको सहारा बन्न सफल हुने साँसद लामाले बताउनु भयो । यस समुदायको चालचलन, रितिस्थिती र परम्परालाई जोगाउनको लागि पनि मञ्च अगाडी बढ्नु पर्ने साँसद छक्क बहादुर लामाको जोड रहेको छ । आफुलाई नागरिक अभिनन्दन गर्दा खुसी भएको र हुम्ला जिल्लाका सबै समुदायलाई आफुले पुनरउत्थानमा लाग्ने उहाँले जिकिर गर्नु भयो । संस्कृतीको संरक्षणसँगै यसलाई पर्यटनसन्ग जोडेर आगामी दिनमा आयआर्जनसँग जोडेर लैजानु पर्नेमा जोड दिनु भएको थियो ।


कार्यक्रममा सम्बोधन गर्दै सिमकोट गाँपालिकाकाको अध्यक्ष पदम लामाले जातिय एकता गरी सबैले साँस्कृतिक अभियानलाई पनि सँगै लैजानु पर्नेमा जोड दिनु भयो । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाले जिल्लाका विभिन्न गाउँबाट सिमकोटमा बसोबास गर्ने लामा समुदायको समस्याको उजागर गर्नको लागि काम गरिरहेको प्रति खुसी व्यक्त गर्नु भयो । सामाजिक काम पनि यो मञ्च अगाडी बढेको कारण यसको अझ प्रभावकारिता रहेको बताउनु भयो ।

लामा साँस्कृतिक मञ्चका  अध्यक्ष धर्मानन्द लामाले लामा समुदायको सबै पदाधिकारीले लामा समुदायको विकास निर्माणको लागि आफुहरु स्वयंसेवी रुपमा काम गरिरहेको र सरकारी तवरबाट प्राप्त भएका सबै विकास निर्माणका योजनालाई पारदर्शी रुपमा सम्पन्न गरिरहेको बताउनु भयो । हाल कर्णाली प्रदेश सरकारले ५० लाख रकम विनियोजन गरेको यसलाई सही सदुपयोग गर्न तर्फ आफु अग्रसर हुने लामाले बताउनु भयो ।

कार्यक्रममा सिमिकोट गाउँपालिकाको वडा नं. १ मा आगलागी पिडित रिन्जिन लामालाई लामा समुदायबाट राहत संकलन गरी एकमुष्ठ ७७ हजार ७ सय २५ नगद प्रदान गरिएको थियो ।

माथिको तश्विरमा: साँसद छक्कबहादुर लामालाई अभिनन्दन गरिँदै । फोटो: रेशमराज रोकाया

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने