१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा बस्ने

३ मंसिर २०७५, सोमबार ०८:३७

मङ्सिर ३, काठमाडौँ | झण्डै एक महीनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ । 

प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ । 

यसबीचमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनुभएको तथा तिहार र छठ पर्व परेकाले बैठक पर सरेको हो । नेकपाको पछिल्लो सचिवालय बैठक गत कात्तिक ८ गते बसेको थियो । सो बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन र प्रदेश कमिटीको पूर्णताका लागि सिफारिश गर्न महासचिव विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य रामबहादुर थापा रहेको कार्यदल गठन गरेको थियो । 

नेकपाका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले यही मङ्सिर ६ गते सचिवालयको बैठक बस्ने तथा त्यसले स्थायी कमिटीको बैठकको मिति र कार्यसूची तय गर्ने तयारी भएको जानकारी दिनुभयो । 

‘‘पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल बुधबार स्वदेश फर्कनुहुन्छ’’, श्रेष्ठले भन्नुभयो, ‘‘त्यसपछि आगामी बैठक बस्ने तयारी गरिएको छ ।’’ पार्टीले प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकिसकेको छ । ती पदाधिकारीले जिल्लामा काम गर्नका लागि संयन्त्र गरेका छन् । दुई सदस्यीय उक्त कार्यदलले निश्चित मापदण्डका आधारमा प्रदेश कमिटीमा रहने सदस्यको नाम सिफारिश गर्न निर्देशन दिएको थियो । 

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गत जेठ ३ गते एकता भएपछि तीन महीनाभित्र सकिने भनिएको तल्लो तहको एकता हालसम्म हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी