१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारको हस्तक्षेप हुँदैन : प्रधानमन्त्री

४ मंसिर २०७५, मंगलवार ११:४३

मङ्सिर ४, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारको तर्फबाट कुनै दवाव वा हस्तक्षेप नहुने स्पष्ट गर्नुभएको छ । 

आज सिंहदरबारमा भएको नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्क बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देश विकासको नीति तर्जुमा गर्न अनुसन्धानमूलक एवं तथ्यगत विषयलाई सूक्ष्म ढङ्गले जानकारीमा ल्याउने उद्देश्यले गठन गरिएको प्रतिष्ठानलाई कुनै कोणबाट सरकारले असहयोग नगर्ने बताउनुभयो । 

“प्रतिष्ठानले स्वतन्त्र ढङ्गले अनुन्धान गरेर ल्याएको प्रतिवेदनमा हस्तक्षेप गर्ने ठाउँ कहाँ हुन्छ र ?” उहाँले भन्नुभयो, “आवश्यक ठाउँमा राय सुझावसहित सरकारले त्यसलाई ग्रहण गर्छ ।” विभिन्न मन्त्रालयका सचिव र केही मन्त्रीहरूसहित आयोजना गरिएको बैठकमा देश विकासको गति सुस्त भएकामा असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले वर्तमान सरकार गठन भएको नौ महीनामा सोचेजस्तो विकास हुननसकेको बताउनुभयो । 

विकास–निर्माणका काम द्रुत गतिमा अघि नबढ्नुमा नीतिगत समस्या कारक रहेको बताउँदै प्रधानमन्त्री ओलीले “विकासलाई बाधा पुर्याउने नीतिहरू कहाँकहाँ छन् तिनलाई सच्च्याउनु पर्छ,” भन्नुभयो । 

प्रतिष्ठानलाई सम्पूर्ण मन्त्रालय, राष्ट्रिय योजना आयोग, विश्वविद्यालयहरूसँग समन्वय गरेर समग्र राष्ट्रिय नीति निर्माण गर्न उहाँले आग्रह गर्नुभयो । “सरकारले कम खर्चमा बढी प्रतिफल दिने र लिने नीति लिएको छ, हाम्रो ध्येय भनेको सुशासन र विकास हो । यसमा सघाउ पुग्ने गरी सबैको योगदान हुनुपर्छ,” देश विकासको राष्ट्रिय यज्ञमा सघाउन सबैलाई आह्वान गर्दै प्रधानमन्त्रीले भन्नुभयो । बैठकमा प्रतिष्ठानका संयोजक अध्यक्ष चैतन्य मिश्रले प्रतिष्ठानको उद्देश्य र भावी कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी