२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरेक दिन विकासको गति एक कदम भए पनि लिनुपर्छ: प्रधानमन्त्री

२०७५, ६ मंसिर बिहीबार ११:०५

मङ्सिर ६, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुकले विकासको गति लिनुपर्ने र त्यसले एक कदम भए पनि अघि बढ्नुपर्ने बताउनुभएको छ । 

आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको कार्यान्वयनसम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन आज उहाँले सबै क्षेत्र हरेक दिन रचनात्मक कामसहित एक कदम अघि बढ्नुपर्ने औँल्याउनुभयो । “हरेक दिन हरेक क्षेत्रमा रचनात्मक र नयाँ काम हुनुपर्छ । त्यो काम एक कदम अगाडि बढ्ने हुनुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सबै क्षेत्र रचनात्मक भएर अघि बढ्ने हो भने नेपाल हरेक दिन एक कदम अघि बढ्छ ।” 


मन्त्री र कर्मचारीले काम गर्ने शैलीमा पनि परिवर्तन गर्नुपर्ने बताउँदै उहाँले नीति, बैठक, छलफल र सुझावमा धेरै समय खेर नफालेर राष्ट्र विकासका कामलाई प्राथमिकता दिन निर्देशन दिनुभयो । “विषयवस्तुको आफैँ गहन अध्ययन गर्नुहोस्, अवधारणा बनाउनुहोस् र त्यसपछि सुझाव लिनुहोस्” प्रधानमन्त्रीले थप्नुभयो, “सबै कुरा विज्ञबाट ग्रहण गरेर तपाईंले गर्न खोजेको काम पूर्ण हुँदैन । आफू स्पष्ट हुनुहोस् । विज्ञको सुझावले त्यसलाई समृद्ध बनाउनुहोस् ।” 

कार्यालय समयमा हुने बैठकका भत्ता लिएर राज्यकोषलाई मारमा नपार्न प्रधानमन्त्री ओलीले कर्मचारीलाई निर्देशन दिँदै मितव्ययी भएर राज्यकोषलाई दोहनबाट जोगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल वायुसेवा निगमको ‘वाइबडी’ जहाज उडाउने तयारी तथा निगम घाटामा जानाको कारणबारे पनि जिज्ञासा राख्नुभएको थियो । 

प्रधानमन्त्री ओलीले वन तथा वातावरण मन्त्रालयलाई वृक्षरोपणमा मात्र नभई कृषि वन बढाउन पनि आग्रह गर्नुभयो । उहाँले निर्देशन दिनुभयो, “अनुत्पादक जातका बिरुवा होइन प्रतिफल दिने फलफूलका बिरुवा रोप्न प्रेरित गर्नुहोस्, त्यसो गरेमा फल जति जनताको, बोटजति सरकारको हुन्छ ।” 

सहकारीमार्फत ठूलो मात्रामा कृषि उत्पादन गर्न सकिने विभिन्न देशको दृष्टान्त प्रस्तुत गर्दैै प्रधानमन्त्रीले त्यसैअनुसार नेपालमा पनि बृहत् उत्पादनमा जोड दिनुपर्ने औँल्याउनुभयो । “बृहत् मात्रामा कृषि उत्पादन गरौंँ, जसले निर्यात प्रवद्र्धनमा पनि सघाओस्,”कृषिको उत्पादकत्व वृद्धि सुझाउँदै उहाँले भन्नुभयो । 

उहाँले कृषि, उद्योग, पर्यटन र सेवाका क्षेत्रलाई आधुनिकीकरण गरेर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै सङ्घ, प्रदेश र स्थानीय तहमा भएको समन्वयको अभावलाई हटाउन निर्देशन पनि दिनुभयो । “यस्ता कुराले कतिपय ठाउँमा कार्यक्रम, योजना र बजेट दोहोरो पर्ने स्थिति छ । त्यसो हुनु भएन”, उहाँले भन्नुभयो । 

आजको समीक्षा बैठकमा सचिवहरु खानेपानी तथा सरसफाइ मन्त्रालयका गजेन्द्र ठाकुर, युवा तथा खेलकूद मन्त्रालयका मोहनकृष्ण सापकोटा तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका खगराज बराल र कृष्ण बिसीले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । यसैगरी भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका गोपीनाथ मैनाली, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका महेश दाहाल, वन मन्त्रालयका विश्वनाथ ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कृष्णप्रसाद देवकोटाले मन्त्रालयबाट सम्पादित कामको प्रगति विवरण पेश गर्नुभएको थियो । बाँकी मन्त्रालयको प्रगति समीक्षा आगामी शनिबार हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने