२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी दुर्घटनाप्रति काङ्ग्रेसद्वारा दु:ख व्यक्त

२०७५, ७ मंसिर शुक्रबार १०:३२

मङ्सिर ७, काठमाडौँ | नेपाली काङ्ग्रेसले बिहीबार साँझ भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । 

काङ्ग्रेस केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गरी डा के आइ सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ मा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेको हो । बिहीबार साँझ विद्यालयको बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए । 

यसैबीच आज दार्चुलामा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएको घटनाप्रति पनि काँग्रेसले दुःख व्यक्त गरेको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले बस दुर्घटनामा परी मृत्यु भएकाको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । साथै उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । 

काँग्रेसद्वारा भत्र्सना 

नेपाली काँग्रेसले सुनसरीको दुहवी नगरपालिका–९ का फिदाहुसेन मियाँको हत्याको भत्र्सना गरेको छ । 

आज काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी निर्दोष व्यक्तिलाई दिनदाहाडै गोली हत्या गर्दा प्रहरी प्रशासनले तत्काल कुनै कारवाही गर्न नसक्नु र समयमै सूचना दिँदासमेत अपराधी पक्राउ गर्न नसक्नुले मुलुकमा दण्डहीनता बढेको जनाइएको छ । 

अपराधीलाई तत्काल पक्राउ गरी कारवाही गर्न र जनताको जीवधनको सुरक्षा गर्न काङ्ग्रेसले सरकारसँग मागसमेत गरेको छ । अपराधीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन र मृतक मियाँलाई शहीद घोषणा गर्न तथा आम नागरिकको शान्ति सुरक्षाको प्रत्याभूति गर्न काङ्ग्रेसले सकारको ध्यानाकर्षण गराएको छ । 

मियाँको यही मङ्सिर ५ गते बिहान सुनसरी दुहवी नगरपालिका–९ रानीगाउँ नजिकै अज्ञान समूहले गोली हानी हत्या गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने