१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज भृकुटीमण्डपमा नेकपाको जनसभा, गोपाल किंरातीदेखि ऋषि कट्टेल एकै मंचमा

८ मंसिर २०७५, शनिबार ०३:३९

मङ्सिर ८, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानीको भृकुटीमण्डपमा आज जनसभा गर्दैछ । पार्टी पुनर्गठन दिवसको सन्दर्भ पारेर नेकपाले जनसभा आयोजना गरेको हो । 

आजको जनसभालाई पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने बताइए पनि उनी भने सहभागी नहुने भएका छन् । अन्तिम समयमा विप्लव सहभागी हुने कार्यक्रम स्थगित गरिएको हो तर विप्लव उपस्थित हुन नसक्नुको कारण भने खुलाइएको छैन ।


आजको जन सभालाई पार्टी प्रवक्तासमेत रहेका स्थायी कमिटी सदस्य प्रकाण्ड लगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ । नेकपाको आजको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि निमन्त्रण गरिएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र अध्यक्ष गोपाल किंरातीलाई समेत निम्ता छ । त्यस्तै नेकपा मालेका महासचिव सीपी मैनाली र नेकपाका अध्यक्ष ऋषि कट्टेल समेत आजको कार्यक्रममा सरिक हुनेछन् । नेकपा माओवादी केन्द्र अध्यक्ष गोपाल किंरातीले कार्यक्रममा सहभागिताको लागि जाने तयारीमा रहेको बताए । किराती सहित माओवादी केन्द्रबाट सिंगो पार्टी संदस्यहरु समेत आजको कार्यक्रममा सरिक हुनेछन् । 

जनसभाको लागि सभाअघि विभिन्न स्थानबाट झाँकीसहितको र्‍याली निकाल्ने तयारी छ । गोंगबु, लैनचौर, बबरमहल, कालिमाटी लगायतको स्थानबाट निस्कने र्‍यालीलाई विभिन्न नेताहरुले नेतृत्व गर्ने नेकपाले जनाएको छ । जनसभालाई लक्षित गरी काठमाडौंमा सुरक्षा निगरानी बढाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी