२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विकास निर्माणलाई अभियानकै रूपमा लैजानुपर्छ: तिमिल्सिना

२०७५, ८ मंसिर शनिबार ०६:३८

मङ्सिर ८, पर्वत | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलेको सरकारले मुलुकको विकासका लागि अभियाननै सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । 

शनिबार बिहान पर्वतको महाशीला गाउँपालिकामा स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेतासँगको छलफलका क्रममा सरकार गठन भएको नौ महीनाकै अवधिमा जनताले विकासको ठूलो अपेक्षा राखेको बताउँदै दिगो विकासका लागि तीनवटै तहका सरकारले अभियानकै रूपमा भौतिक पूर्वाधार, सडक, विद्युत्, खानेपानी, सिँचाइजस्ता कुराको विकासलाई लैजानुपर्ने सुझाव दिनुभयो । 

उहाँले यो कार्यकाललाई ऐतिहासिक र मुलुक निर्माणका लागि नमूना बनाउन सरकारले महत्वपूर्ण योजना अघि सारेको बताउँदै अब नेपाली नागरिक पछुताउनुपर्ने अवस्था नआउने विश्वास व्यक्त गर्नुभयो । 

अध्यक्ष तिमिल्सिनाले पर्वतका गाउँगाउँमा कच्ची सडक पुगेको बताउँदै पाँच वर्षभित्रमा सबै सडक कालोपत्रे गर्नका लागि तीनै तहका सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो । शुक्रवार महाशीला गाउँपालिकामा आउनुभएका अध्यक्ष तिमिल्सिना विभिन्न कार्यक्रममा सहभागी भइरहनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने