१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रका अध्यक्ष किराती भन्छन् – ‘एमालेको कुनै विरासत छैन, प्रचण्ड डाँका भइसके’

८ मंसिर २०७५, शनिबार १२:५७

मङ्सिर ८, काठमाडौँ | माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले नेपाली राजनीतिमा एमालेको कुनै बिरासत नभएको बताएका छन् । 

राजधानीमा आज विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै किरातीले यस्तो अभिव्यक्ति दिएका हुन् । प्रचण्डले माओवादी केन्द्र छाडेर एमालेमा गएको बताउँदै आएका किरातीले आजको कार्यक्रममा भने, ‘कांग्रेसका कारण राणा शासन ढल्यो, माओवादीका कारण राजतन्त्र, एमाले त केबल पुच्छर मात्रै हो । उसको कुनै विरासत थिएन र छैन ।’ 


अध्यक्ष किरातिले प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्ने समेत बताए । अध्यक्ष किरातिले जनयुद्ध सकिएपछि प्रचण्ड अर्बपति बनेर पूँजीवाद र सामन्तवादको चंगुलमा फसेको भन्दै प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण नै गर्न आफ्ना कार्यकर्ता तथा जनतामाझ प्रस्ताव गरे । उनले अबका कम्युनिष्ट नेता प्रचण्ड जस्तो नबन्न समेत सुझाए । 

कार्यक्रममा सम्बोधन गर्दै गोपाल किराँतीले माओबाद बिरोधिहरु एक ठाउमा जुटे, बर्ग बिरोधि तथा बर्ग दुश्मनहरु एउटै ठाउमा जुटेको बेला अब बर्ग संघर्षका पक्षधर क्रान्तिकारी पार्टीहरु मिल्नु पर्ने बताए । नेकपा विप्लवको नेकपा संग अन्य सबै क्रान्तिकारी पक्षधरका पार्टीहरु एकजुट हुनुपर्ने समेत बताए । 

किरातीले प्रचण्डलाई डाँका भन्दै प्रचण्ड संसोधनबादमा पतन भएको आरोप लगाए । डाँकाको उदेश्य व्यक्तिगत स्वार्थमा हावी हुने भएको हुँदा प्रचण्ड डाँका भइसकेको किराँतीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड