२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहा क्षेत्र नं. ४ का सांसद यादव भन्छन्– ‘चुनावमा गरेको प्रतिवद्धता पुरा गर्छु”

२०७५, ९ मंसिर आईतवार १२:५३

राम नारायण पंडित | मङ्सिर ९, सिरहा । चुनावको समयमा जनतासंग गरेको प्रतिवद्धता अक्षरस पुरा गर्ने सिरहा क्षेत्र नं. ४ का संघिय सांसद राजकिशोर यादबले बताएका छन् । मिर्चैया नगरपालिका बडा नं. ९ ढोढनाको चौधरी टोल स्थित आज (आइतबार) सामुदायिक भबनको शिलान्यास गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका सांसद यादबले जनताले महसुस हुने गरी बिकास निर्माणका काममा लागि परेको दाबी गरेका छन् । 

उनले भने “यो क्षेत्र बिकासको नाममा सधै ठगिएको छ, यहाँ चुनाबको बेला ठुल–ठुला नेताहरु आएर आश्वासन बाँडेपनि कसैले केहि गरेन, तर तपाईहरुलाई बिश्बास दिलाउन चाहन्छु, कि म त्यस्तो गर्दिन, बिकास गरेर देखाउँछु ।” “यो कास्टिंग मात्र हो, फिल्म अहिले बाँकी छ” भन्ने प्रसंग जोडदै सांसद यादबले भने “बिकासको काम मात्र सुरुवात भएको छ, २०४८ साल पछिको विकास आफ्नो कार्यकालमा गर्छु, तपाईहरु ढुक्क हुनुस, जनताको माँग अनुसार काम गर्छु ।”  


स्थानिय भरत चौधरीले उपलब्ध गराएको एक कट्ठा जमिनमा भवन निर्माणका लागि सांसद यादबले संसदीय विकास कोषबाट १५ लाख रकम छुट्याएको छ भने वडाले ५ लाख रकम छुट्याएका छन् । कुल २० लाखको लागतमा निर्माण हुने ३ कोठे भवन उपभोक्ता समिति मार्फत ६ महिना भित्रै सम्पन्न गर्ने लक्ष्य रहेको समेत सांसद यादबले बताए ।

जग्गादाता भरत चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मिर्चैया ९ का वडाध्यक्ष मोहन प्रसाद पोखरेल, ४ का बडा अध्यक्ष दिनेश कुमार यादब, नरहा गाउँपालिका बडा नं. ३ का बडा अध्यक्ष अनिसुल अन्सारी लगायतका उपस्थित रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने