१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहा क्षेत्र नं. ४ का सांसद यादव भन्छन्– ‘चुनावमा गरेको प्रतिवद्धता पुरा गर्छु”

९ मंसिर २०७५, आईतवार १२:५३

राम नारायण पंडित | मङ्सिर ९, सिरहा । चुनावको समयमा जनतासंग गरेको प्रतिवद्धता अक्षरस पुरा गर्ने सिरहा क्षेत्र नं. ४ का संघिय सांसद राजकिशोर यादबले बताएका छन् । मिर्चैया नगरपालिका बडा नं. ९ ढोढनाको चौधरी टोल स्थित आज (आइतबार) सामुदायिक भबनको शिलान्यास गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका सांसद यादबले जनताले महसुस हुने गरी बिकास निर्माणका काममा लागि परेको दाबी गरेका छन् । 

उनले भने “यो क्षेत्र बिकासको नाममा सधै ठगिएको छ, यहाँ चुनाबको बेला ठुल–ठुला नेताहरु आएर आश्वासन बाँडेपनि कसैले केहि गरेन, तर तपाईहरुलाई बिश्बास दिलाउन चाहन्छु, कि म त्यस्तो गर्दिन, बिकास गरेर देखाउँछु ।” “यो कास्टिंग मात्र हो, फिल्म अहिले बाँकी छ” भन्ने प्रसंग जोडदै सांसद यादबले भने “बिकासको काम मात्र सुरुवात भएको छ, २०४८ साल पछिको विकास आफ्नो कार्यकालमा गर्छु, तपाईहरु ढुक्क हुनुस, जनताको माँग अनुसार काम गर्छु ।”  


स्थानिय भरत चौधरीले उपलब्ध गराएको एक कट्ठा जमिनमा भवन निर्माणका लागि सांसद यादबले संसदीय विकास कोषबाट १५ लाख रकम छुट्याएको छ भने वडाले ५ लाख रकम छुट्याएका छन् । कुल २० लाखको लागतमा निर्माण हुने ३ कोठे भवन उपभोक्ता समिति मार्फत ६ महिना भित्रै सम्पन्न गर्ने लक्ष्य रहेको समेत सांसद यादबले बताए ।

जग्गादाता भरत चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मिर्चैया ९ का वडाध्यक्ष मोहन प्रसाद पोखरेल, ४ का बडा अध्यक्ष दिनेश कुमार यादब, नरहा गाउँपालिका बडा नं. ३ का बडा अध्यक्ष अनिसुल अन्सारी लगायतका उपस्थित रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड