१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार खोइ भन्नेहरुलाई प्रमको जवाफ: ‘कलंकी नागढुंगा सडक हेर्न जानुस्, त्यहाँ छ सरकार’

११ मंसिर २०७५, मंगलवार ०८:२५

मंसिर ११, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कहाँ छ भनेर प्रश्न गर्नेहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष शुभारम्भ गरेर गतिलो जवाफ दिइएको बताएका छन् । 

मंगलबार कोषको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २५ वर्ष अघि थालेको काम आजबाट नयाँ आयाममा बदलिएको भन्दै यसको परिकल्पना गर्दा धेरैले आफूहरुलाई उडाउने गरेपनि आज आएर सार्थक भएको दावी गरेका छन् ।


ओलीले कार्यक्रममा बोल्दै कसैले सरकार कहाँ छ ? कसैले जुम्रा पनि मारेन, सिन्को भाँचेन भन्ने गरेको स्मरण गर्दै सरकार जुम्रा मार्न नभई देश विकास गर्न बनेको समेत बताएका छन् |

प्रधानमन्त्री ओलीले भने, ‘मजदुरलाई सोध्नुस् सरकार कहाँ छ ? त्यहाँ तपाईले जवाफ पाउनुहुन्छ ।’

केही दिनमा मेलम्ची आउने र त्यसले सरकार कहाँ छ भन्ने जवाफ दिने उनले बताए । ‘काठमाडौंको सडक बढारिन्छ, धोइन्छ । अनि थाहा पाउनुहुन्छ सरकार कहाँ छ’ उनले भने, ‘कलंकी नागढुंगा सडक हेर्न जानुस्, त्यहाँ छ सरकार ।’

जता फर्कियो, त्यता सरकार देख्न थालेपछि विरोध गर्नेहरु आफैं चुप लाग्ने प्रधानमन्त्री ओलीले बताए ।

सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा तामझाम बढी भएको भन्दै आलोचना भएको छ । तर, नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, यो तामझाम मैले देखिनँ भन्नेहरुलाई देखाउन हो । थाहा पाउनु भनेर हो ।’उनले अबका कार्यक्रमहरुमा बाजा समेत बजाइने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी