२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ यात्राको शुरुवात भयो : मन्त्री विष्ट

२०७५, ११ मंसिर मंगलवार १२:३५

मङ्सिर ११, काठमाडौँ (रासस) | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विगतको अनिश्चिता र असुरक्षित अवस्थाको अन्त्य गर्दै सामाजिक सुरक्षाको क्षेत्रमा निश्चित र सुरक्षित यात्रा शुरु भएको बताउनुभएको छ । 

श्रमिकको जीवनमा दीर्घकालीन महत्व राख्ने योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको शुभारम्भ गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक सुरक्षाका योजनाको कार्यान्वयनबाट नेपाली समाज र आम जनताको जीवनमा सुखद् परिवर्तन ल्याउने बताउनुभयो । 

“आजको दिन श्रम गरेर जीवीकोपार्जन गर्ने र रोजगार प्रदान गर्ने उद्यमी, व्यवसायी दुवैका लागि अन्यन्त महत्वपूर्ण दिन हो,” उहाँले भन्नुभयो, “यस कदमबाट आगामी दिनमा श्रमजीवीको जीवनमा देखिएको अनिश्चित र असुरक्षित अवस्थको अन्त्य हुनेछ । उनीहरु आफ्नो भविश्यप्रति निश्चिन्त भई मर्यादित श्रम गर्न र सम्मानजनक जीवनयापन गर्न पाउनेछन् ।” 

मन्त्री विष्टले रोजगारदाताले आफ्नो औद्योगिक प्रतिष्ठानमा असल श्रम सम्बन्ध कायम राखी ढुक्कसँग लगानी र व्यवसाय गर्ने वातावरण प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । “सुरक्षित र निश्चित भविश्यको सुनिश्चिताले श्रमिक पूर्णरुपले काममा केन्द्रित हुन सक्नेछन्”, उहाँले भन्नुभयो, “श्रमिक र औद्योगिक प्रतिष्ठान दुवैको उत्पादकत्व बढ्न गई राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने छ । सन्तुलित एवं दीगो आर्थिक विकास हासिल गर्न सफलता प्राप्त हुनेछ ।” 

सामाजिक सुरक्षाको सफल कार्यान्वयनबाट मात्र सभ्य समाज, समृद्ध देश र सुखी जनताको सपना साकार पार्न सकिने विश्वास व्यक्त गर्दै उहाँले सामाजिक सुरक्षा योजना राज्यको कल्याणकारी एवं नैतिक दायित्व निर्वाह गर्ने र सामाजिक न्याय सुनिश्चित गर्ने उपाय भएको बताउनुभयो । 

तश्वीरमा: मंगलवार राजधानीमा आयोजना गरिएको सामाजिक सुरक्षा कोष, नेपालको औपचारिक शुभारम्भ घोषणा कार्यक्रममा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्बिर: प्रदीपराज वन्त,रासस

मन्त्री विष्टले भन्नुभयो, “यी योजनाले व्यक्ति र परिवारको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्दै गरीबीबाट जोगाउन मद्दत गर्दछ । सधैँका लागि सामाजिक सुरक्षाको लक्ष्य रोजगारदाता, श्रमिक र सरकारबीचको त्रिपक्षीय साझेदारी र अन्तर्राष्ट्रिय श्रम मापदण्डको पालनाबाट मात्र हुन सक्छ ।” 

श्रम मन्त्रालयका सचिव एवं सामाजिक सुरक्षा कोषका अध्यक्ष महेशप्रसाद दहालले कोषलाई व्यावसायिक संस्थाका रुपमा रुपान्तरण गर्ने कामको थालनी गरिसकेको बताउनुभयो । कोषको सञ्चालक समिति त्रिपक्षीय रहेको जानकारी दिँदै उहाँले कोषमा सरकार, रोजगारदाता र श्रमिकको प्रतिनिधित्व रहेको बताउनुभयो । सचिव दहालले श्रमिक र उद्योगीको साझा प्रतिबद्धता र सहकार्यले असल श्रम सम्बन्धको विकास, उत्पादकत्व वृद्धि र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने