१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेविसङ्घको ‘मास्क मुभमेन्ट’ अभियान

१४ मंसिर २०७५, शुक्रबार १०:२०

मङ्सिर १४, काठमाडौँ | नेपाल विद्यार्थी सङ्घले काठमाडौँ उपत्यकाभित्र भइरहेको धूलो, धुवाँ र वातावरण प्रदूषणको विरोधमा ‘मास्क मुभमेन्ट’ अभियान शुरु गरेको छ । 

नेविसङ्घले नेपाल कलेज अफ इन्फरमेशन एण्ड टेक्नोलोजी (एनसीआइटी) कलेज बालकुमारीबाट आज ‘बाँच्न दे सरकार, श्वास फेर्न दे सरकार’ लेखिएको माक्स लगाएर उक्त अभियानको शुरुवात गरेको हो । 

नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले सो अभियानको शुभारम्भ गर्दै धूलोकै कारण उपत्यकामा दैनिक सयौँ मानिस बिरामी हुँदै गएको छ । धूलो हटाउनका लागि सरकारले विशेष योजना बनाएर काम गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । 

“हामीले सरकारसँग केही मागेका छैनौँ, स्वच्छ वातावरणमा बाँच्ने अधिकार राज्यले प्रदान गरोस्,”–उहाँले भन्नुभयो । 

अभियानका संयोजक एवं नेविसङ्घका केन्द्रीय सदस्य नवराज त्रिपाठीले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार काठमाडौँ उपत्यकाको वातावरण प्रदूषण अत्याधिक रहेकाले वातावरण प्रदूषण कम गर्न उक्त अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । 

काठमाडौँ उपत्यकाका सबै क्याम्पस अगाडि र विभिन्न चोकमा यो अभियान सञ्चालन गरिने उहाँको भनाइ छ । आफ्नो माग सुनुवाइ नभए नेविसङ्घले काठमाडौँ महानगरपालिकामा आन्दोलन गर्नेसमेत जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी