१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विधानअनुसार १२ औँ महाधिवेशन गर्नुपर्ने माग

१४ मंसिर २०७५, शुक्रबार ११:५४

मङ्सिर १४, काठमाडौँ | नेपाल विद्यार्थी सङ्घका असन्तुष्ट समूहले १२ औँ महाधिवेशन तत्काल गर्न माग गरेका छन् । आज यहाँ पत्रकार सम्मेलन गर्दै सहमहामन्त्री हरिहर शर्माले सङ्घको विधानअनुसार तत्काल अधिवेशन गर्न माग गर्नुभयो । 

“बहुमत केन्द्रीय सदस्यहरूको भावना र विधानविपरीत तोकिएको १२ औँ महाधिवेशनको मिति बारम्बार सार्दै जाँदा सङ्घ कमजोर हुँदै जानेछ, नेविसङ्घलाई व्यक्तिगत झुण्डको स्वार्थका आधारमा प्रयोग गरिनुहुँदैन ।” 

परिमार्जित विधानसमेत विद्यार्थीको हितमा नभएको सहमहामन्त्री शर्माको आरोप छ । प्रदेश अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने व्यवस्थाले प्रदेशभित्रका थोरै प्रतिनिधि भएका जिल्लाहरू छुट्ने र धेरै प्रतिनिधि भएको जिल्लाको मात्रै सहभागिता हुने हुँदा यसले सङ्गठनमा असमानताको स्थिति र्सिजना गर्ने उहाँको भनाइ छ । 

महाधिवेशनको विकल्प महाधिवेशन नै भएको भन्दै उक्त समूहले तोकिएको समयमा सबै प्रक्रिया पूरा गरी महाधिवेशन गर्न माग गरेको छ । कार्यक्रममा सङ्घका केन्द्रीय सदस्य तेज बानियाँ, कल्पना खड्का र भोला नेपालले सङ्घको महाधिवेशन समयमै हुनुपर्ने र विवादलाई अन्त्य गरी विद्यार्थी आन्दोलनलाई माथि उठाउन लाग्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड