२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विधानअनुसार १२ औँ महाधिवेशन गर्नुपर्ने माग

२०७५, १४ मंसिर शुक्रबार ११:५४

मङ्सिर १४, काठमाडौँ | नेपाल विद्यार्थी सङ्घका असन्तुष्ट समूहले १२ औँ महाधिवेशन तत्काल गर्न माग गरेका छन् । आज यहाँ पत्रकार सम्मेलन गर्दै सहमहामन्त्री हरिहर शर्माले सङ्घको विधानअनुसार तत्काल अधिवेशन गर्न माग गर्नुभयो । 

“बहुमत केन्द्रीय सदस्यहरूको भावना र विधानविपरीत तोकिएको १२ औँ महाधिवेशनको मिति बारम्बार सार्दै जाँदा सङ्घ कमजोर हुँदै जानेछ, नेविसङ्घलाई व्यक्तिगत झुण्डको स्वार्थका आधारमा प्रयोग गरिनुहुँदैन ।” 

परिमार्जित विधानसमेत विद्यार्थीको हितमा नभएको सहमहामन्त्री शर्माको आरोप छ । प्रदेश अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने व्यवस्थाले प्रदेशभित्रका थोरै प्रतिनिधि भएका जिल्लाहरू छुट्ने र धेरै प्रतिनिधि भएको जिल्लाको मात्रै सहभागिता हुने हुँदा यसले सङ्गठनमा असमानताको स्थिति र्सिजना गर्ने उहाँको भनाइ छ । 

महाधिवेशनको विकल्प महाधिवेशन नै भएको भन्दै उक्त समूहले तोकिएको समयमा सबै प्रक्रिया पूरा गरी महाधिवेशन गर्न माग गरेको छ । कार्यक्रममा सङ्घका केन्द्रीय सदस्य तेज बानियाँ, कल्पना खड्का र भोला नेपालले सङ्घको महाधिवेशन समयमै हुनुपर्ने र विवादलाई अन्त्य गरी विद्यार्थी आन्दोलनलाई माथि उठाउन लाग्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने