१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पाबाट नेकपाको प्रदेश सदस्यहरु: पूर्वमाओवादी केन्द्रबाट १४ र पूर्व एमालेबाट ६ जना

१६ मंसिर २०७५, आईतवार ०४:४७

मङ्सिर १६, रोल्पा (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटीमा रोल्पाबाट २० जना चयन भएका छन् । प्रदेश समितिमा चयन हुनेहरुमा पूर्वमाओवादी केन्द्रबाट १४ र पूर्व एमालेबाट ६ जना रहेका छन् । 

पूर्वमाओवादी केन्द्रबाट चयन भएकाहरुमा राजबहादुर बुढामगर, सीता आचार्य, सुरेन्द्र थापा घर्ती, निमकान्त डाँगी, आशबहादुर पुन, गुणेन्द्र घर्तीमगर, वीरबहादुर खत्री, दिनेश रोका, कर्मलाल परियार, हरिसरा घर्तीमगर, भक्तबहादुर घर्ती, गोविन्द पुन, हरिभान पुन र तुल्सी डाँगी रहेका छन् । 

त्यसैगरी पूर्व एमालेबाट चयन भएकाहरुमा रुद्रमणि सुवेदी, कुमार दसौदी, रीमा नेपाली, हरि घर्तीमगर, शान्तकुमार वली र राजकुमार कक्षपति रहेका छन् । 

स्थानीय तहमा ६०/४० को अनुपातमा नेतृत्व बाँडफाँड गरेको बताइएको छ । जसअनुसार १० स्थानीय तहमध्ये छ मा पूर्वमाओवादी केन्द्र र चार स्थानीय तहमा पूर्वएमालेबाट नेतृत्व हुने भएको छ । जिल्लाका रुन्टीगढी, त्रिवेणी, गङ्गादेव र लुङ्ग्री गाउँपालिका पूर्वएमालेले नेतृत्व गर्ने भएका छन् भने रोल्पा नगरपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका, थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका र सुनिल स्मृती गाउँपालिकामा पूर्वमाओवादीले नेतृत्व गर्ने भएका छन् । 

प्रदेश सदस्य तथा स्थानीय तहको समेत अन्तिम टुङ्गो लागिसकेको हुँदा अब पार्टी एकताले मूर्तरुप लिने पूर्वएमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीमगरले प्रतिक्रिया दिनुभयो । एकीकरणको तलैसम्मको काम व्यवस्थित गरी पार्टी सञ्चालन हुन्छ घर्तीले भन्नुभयो । 

दश स्थानीय तह रहेको रोल्पामा अघिल्लो वर्ष भएको निर्वाचनमा पूर्वमाओवादी केन्द्रले सात, पूर्वएमाले दुई र नेपाली काङ्ग्रेस एक स्थानीय तह जितेका थिए । प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई स्थानमा भने दुई वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा पूर्व माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड