१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले धर्म फेरेको भन्दै प्रहरीमा उजुरी दिन पुगेपछि…

१८ मंसिर २०७५, मंगलवार १७:११

मङ्सिर १८, कामाठाडौँ | एकजना अधिवक्ता प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म परिवर्तन गरेको आरोप लगाउँदै उजुरी दिन पुगेका छन् । तर उक्त उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । 

प्रधानमन्त्रीविरुद्ध उजुरी लिएर पुग्ने अधिवक्ता भूपेन्द्र पोखरेल हुन् । उनलाईलाई महानगरीय प्रहरी परिसर टेकुले आरोप पुष्टि नहुने भन्दै फर्काइदिएको छ। 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीले धर्म परिवर्तन गरेको भन्दै हेटौंडा उपमहानगरपालिका–७ घर भइ काठमाडौंको हनुमानस्थान बस्दै आएको अधिवक्ता पोखरेल उजुरी लिएर पुगेका थिए । प्रम ओली र क्रिश्चियन धर्म प्रचारमा सक्रिय युनिभर्सल पिस फेडेरेशनका नेपाल प्रमुख एकनाथ ढकालविरुद्ध लगाइएको आरोप उजुरीबाट प्रमाणित नहुने बताएपछि अधिवक्ता पोखरेल फर्किएको परिसर प्रमुख एसएसपी वसन्त लामाले बताए । 

प्रहरीले उजुरी अध्ययन गरेपछि प्रममाथि लगाइएको आरोप पुष्टि नहुने बताउदै उक्त उजुरीलाई मुद्दा शाखामा छाडेर जानु भनेपनि ति अधिबक्ताले आफ्नो उजुरी बोकेर गएको प्रहरीले बताएको छ । 


ओली र ढकालविरुद्धको ति अधिवक्ताले ‘धर्म परिवर्तनको उद्योग’ सम्बन्धी अपराधमा सजाय माग गर्दै उजुरी दिएका थिए । गत मंसिर १३, १४, १५, १६ र १७ गते राजधानीमा भएको एसिया प्यासिफिक सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले धर्म परिवर्तन गरेको आरोप लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड