१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विकास योजनाले राष्ट्रियता बलियो पार्नुपर्छ: प्रम ओली

२१ मंसिर २०७५, शुक्रबार १३:३५

मङ्सिर २१, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको सार्वभौम सत्ता, लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय, राष्ट्रिय एकता एवं शान्ति र सुरक्षामा कोही कसैसँग सम्झौता नहुने बताउनुभएको छ । 

उहाँले भन्नुभयो, “देश विकासका योजना पनि ती उल्लेखित विषयलाई सम्बोधन गर्ने र बलियो पार्ने किसिमका हुनुपर्छ ।” राष्ट्रिय योजना आयोगले आज यहाँ आयोजना गरेको नेपालको दीर्घकालीन सोच र १५ औँ योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा छिटो विकास गरिने बताउनुभयो । 

विकासका लागि अरु देशका अनुभव, सीप र प्रविधि सजिलै उपलब्ध हुने हुनाले तिनलाई सदुपयोग गरेर अघि बढ्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विश्वमा सबैभन्दा छिटो विकास गर्ने देश हुन सक्छौँ । हामीलाई विकासका कुनै नयाँ कुरा आविष्कार गरिरहनुपर्दैन । अरुले गरेका आविष्कार प्रयोग गरे पुग्छ ।” 

उहाँले १५ औँ पञ्चवर्षीय योजना २०७६÷०७७ देखि २०८०÷०८१ देश विकासका लागि नयाँ आयाम ‘टर्निङ प्वाइन्ट’ हुने चर्चा गर्दै अघिल्ला योजनाका समीक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक, प्रविधिमैत्री र तीव्र गतिमा अघि बढ्न सक्ने व्यावहारिक योजना बनाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले स्वदेशमा रहेका फलामखानीको उत्खनन, विद्युतीय ऊर्जाको उत्पादन र प्रयोग बढाउनु पर्ने र पेट्रोल, डिजेलजस्ता इन्धनको आयात घटाउन १५ औँ योजना केन्द्रित गर्न योजना आयोगलाई सुझाव दिनुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, “विद्युत्, सौर्य र अन्य वैकल्पिक ऊर्जाको प्रयोगबाट पेट्रोल र डिजेलको खपत घटाउने हो भने देशको अर्थतन्त्रमा ठूलो भरथेग हुन्छ । जेट्रोपाबाट पनि इन्धनको आपूर्ति गर्न सकिन्छ । त्यसैले खेतका कान्लामा यो प्रजातिको बोट रोप्ने अभियान सञ्चालन गर्नु पर्दछ ।” (रासस) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड