२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेकपा कर्णाली प्रदेशको प्रथम बैठक शुरु

२०७५, २२ मंसिर शनिबार ०९:४४

मङ्सिर २२, सुर्खेत | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटीको पहिलो बैठक शुरु भएको छ । आज बिहान ११ बजेटबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नेकपाको ऐतिहासिक प्रथम बैठक शुरु भएको हो । 

नेकपा कर्णाली प्रदेशका इञ्जार्च जनार्दन शर्माको प्रमुख आतिथ्यता तथा अध्यक्ष गोरखबहादुर बोगटीको अध्यक्षतामा बसेको बैठकमा १० जिल्लाबाट सहभागी सबै प्रदेश कमिटी सदस्यको सहभागिता रहेको छ । 

प्रथम पूर्ण बैठकको उद्घाटन प्रदेश इञ्जार्च शर्माले गर्नुभएको छ । उक्त बैठकमा सहभागी प्रदेश कमिटीका सदस्यले आजै शपथ खानुभएको छ । बैठक महत्वपूर्ण निर्णयका साथ सम्पन्न हुने नेकपा कर्णाली प्रदेशले जनाएको छ । शुक्रबार बसेको नेकपा कर्णाली प्रदेशको बैठकले नेकपाको संसदीय दलको नेता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई निर्णय गरिसकेको छ । 

एक सय ७५ सदस्यीय प्रदेश कमिटीमा कर्णाली प्रदेशको भौगोलिक, सामाजिक, आर्थिक, राजनीतिक र प्रशासनिक विकासका बारेमा छलफल हुने जनाइएको छ । बैठकमा यो प्रदेशका १० वटै जिल्लाका सहभागी प्रदेश सदस्यलाई आवश्यक प्रशिक्षणसमेत दिइने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने