१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेकपा कर्णाली प्रदेशको प्रथम बैठक शुरु

२२ मंसिर २०७५, शनिबार ०९:४४

मङ्सिर २२, सुर्खेत | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटीको पहिलो बैठक शुरु भएको छ । आज बिहान ११ बजेटबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नेकपाको ऐतिहासिक प्रथम बैठक शुरु भएको हो । 

नेकपा कर्णाली प्रदेशका इञ्जार्च जनार्दन शर्माको प्रमुख आतिथ्यता तथा अध्यक्ष गोरखबहादुर बोगटीको अध्यक्षतामा बसेको बैठकमा १० जिल्लाबाट सहभागी सबै प्रदेश कमिटी सदस्यको सहभागिता रहेको छ । 

प्रथम पूर्ण बैठकको उद्घाटन प्रदेश इञ्जार्च शर्माले गर्नुभएको छ । उक्त बैठकमा सहभागी प्रदेश कमिटीका सदस्यले आजै शपथ खानुभएको छ । बैठक महत्वपूर्ण निर्णयका साथ सम्पन्न हुने नेकपा कर्णाली प्रदेशले जनाएको छ । शुक्रबार बसेको नेकपा कर्णाली प्रदेशको बैठकले नेकपाको संसदीय दलको नेता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई निर्णय गरिसकेको छ । 

एक सय ७५ सदस्यीय प्रदेश कमिटीमा कर्णाली प्रदेशको भौगोलिक, सामाजिक, आर्थिक, राजनीतिक र प्रशासनिक विकासका बारेमा छलफल हुने जनाइएको छ । बैठकमा यो प्रदेशका १० वटै जिल्लाका सहभागी प्रदेश सदस्यलाई आवश्यक प्रशिक्षणसमेत दिइने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड