९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘निर्मलाका हत्यारा सार्वजनिक गर्दैछौं, राजनीतिक रुपमा छाता ओढाउन नआउनुहोला’

२२ मंसिर २०७५, शनिबार १७:०९

मङ्सिर २२, काठमाडौँ (रासस) | उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताउनुभएको छ । 

‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’ को यहाँ आज उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “निर्मलाका हत्यारा पत्ता लागिसकेको छ, नियन्त्रण गरिसकेको छ, हामी चाँडै नै सार्वजनिक गर्छौं, तर राजनीतिक दलको आवरणमा हत्यारा जोगाउन आउने हो कि भन्ने डर छ ।” 

निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउने काम गरिएको भन्दै उहाँले निर्मलाका हत्यारालाई सार्वजनिक गर्दै गर्दा राजनीतिक रुपमा कसैले पनि छाता ओढाउन नआउनुहोला भन्नुभयो । 

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोग सरकारले दया गरेर दिएको होइन, त्यसैले आयोगले सधैँभरि मावन अधिकारको सङ्घर्षका पक्षमा साथ दिन्छ भन्नुभयो । 

नेपाली काङ्ग्रेसका नेत्री पुष्पा भुषालले जतिसक्दो चाँडो निर्मलाका हत्यारा पत्ता लगाएर सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो । 

यही मङ्सिर २८ गतेसम्म चल्ने महाभेला अवधिभरि शान्ति, लोकतन्त्र र मानव अधिकारका विषयमा सघन संवाद हुने महाभेलाका संयोजक नरेन्द्र खतिवडाले जानकारी दिनुभयो । 

मानव अधिकार, शान्ति र लोकतन्त्रको संरक्षण तथा प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको सो महाभेलाको नारा ‘दिगो विकास र मानव अधिकार नेपालीको मूल सरोकार’ भन्ने रहेको छ । 

विगत वर्षमा काठमाडौँ र केही जिल्लामा मात्रै भेलाको आयोजना गरिए पनि यस वर्ष प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, ३ को हेटौँडा, गण्डकी प्रदेशको पोखरा, ५ को बाँके, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा विभिन्न कार्यक्रम गरेर महाभेला मनाउने तयारी भइरहेको छ । 

राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य र युथ एड्भोकेशी नेपालको संयोजन रहेको सो भेलामा दलित महिला उत्थान केन्द्र नेपाल, जुरी नेपाल र जागरण नेपाललगायत मानव अधिकारसँग सम्बन्धित करीब २५० सङ्घसंस्था आयोजक छन् । भेलाको सहसंयोजन फतिमा फाउण्डेशन र पौरखी नेपालले गर्न लागेको हो । सन् १९४८ मा मानव अधिकार विश्वाव्यापी घोषणापत्र जारी भएपछि विश्वभरि डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन थालिएको हो । 

सोही दिवसका सन्दर्भमा नेपालमा २०६६ सालदेखि राष्ट्रिय मानव अधिकार महाभेलाको आयोजना गरिँदै आएको छ । महाभेला एक हप्तासम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा