१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित चारै राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

२३ मंसिर २०७५, आईतवार १३:५७

मङ्सिर २३, काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न चार मुलुकमा राजदूतका लागि प्रस्ताव गरेका नामलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकले प्रस्तावित राजदूतको योग्यता, सोच, कार्ययोजना र अवधारणा सुनेपछि उहाँहरुको नाम सर्वसम्मतिले स्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । 

मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि राजदूतमा डा अञ्जान शाक्यको नाम सिफारिश गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । उहाँहरुमध्ये आचार्यसँग पूर्वमन्त्री एवं पूर्वराजदूत भएको अनुभव छ भने पाण्डे पनि यसअघि राजदूतको जिम्मेवारी सम्हालीसक्नुभएको छ । 

परराष्ट्र मन्त्रालयका सहसचिव ढकालले यसअघि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यवाहक राजदूतको जिम्मेवारी डेढ वर्ष सम्हालेका समितिलाई जानकारी दिनुभयो । 

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकलगायतका विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएकी डा शाक्यले मुलुकको राष्ट्रिय हितलाई सर्वाेपरी राखेर सरकारको विकास र समृद्धिको लक्ष्यलाई आधार बनाएर आफूले कार्यसम्पादन गर्ने बैठकसमक्ष प्रतिबद्धता जनाउनुभयो । 

चारैजना प्रस्तावित राजदूतले मुलुकको राष्ट्रियहित र स्वाभिमानलाई उच्च सम्मान गर्दै आर्थिक कूटनीतिकका माध्यमबाट मुलुकमा पर्यटन प्रवद्र्धन तथा नयाँ प्रविधिका साथसाथै वैदेशिक लगानी भित्र्याउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने अठोट व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड