१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थायी कमिटीबाट जिल्ला र जनसङ्गठनको एकता टुङ्गो लाग्छ : अध्यक्ष दाहाल

२३ मंसिर २०७५, आईतवार १४:०२

मङ्सिर २३, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीको बैठकले जिल्ला र जनसङ्गठनको एकताको टुङ्गो लाग्ने बताउनुभएको छ । मङ्सिर २९ गते स्थानीय कमिटीको बैठक बोलाइएको जानकारी दिँदै अध्यक्ष दाहालले प्रदेश कमिटीको टुङ्गो लागिसकेकाले आगामी स्थायी कमिटीबाट जिल्ला र जनसङ्गठनको एकता गर्ने लक्ष्य बनाएको जानकारी दिनुभयो । 

जनसांस्कृतिक महासङ्घ नेपालद्वारा जनगायक स्व खुशीराम पाख्रीनको स्मृतिमा आज राजधानीमा भएको सांस्कृतिक कार्यक्रममा उहाँले जनस्तर एवं पार्टीभित्र भावनालाई पार्टीको स्थायी कमिटी बैठकमा एजेण्डा बनाएर लैजाने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “सांस्कृतिक आन्दोलनका अगुवा र कलाकारका भावनालाई स्थायी कमिटीमा एजेण्डा बनाएर प्रस्तुत गर्छु, यसलाई मलाई पनि एउटा दिशाबोध गरेको छ ।” 

जनताका बीचमा अभियान लैजाने र सांस्कृतिक आन्दोलन चलाउने कुरा बिर्सिएर विकासलाई बोझ ठान्न थालियो भने समृद्धि र सुखी नेपाली हुन नसक्ने भन्दै उहाँले विकासलाई अभियानका रुपमा अगाडि बढाउनुपर्ने र उत्सवका रुपमा लैजानुपर्नेमा जोड दिनुभयो । 

भइरहेकै कर्मचारीतन्त्र र राज्य संरचनाबाट कम्युनिष्टले देखेको जस्तो विकास सम्भव नभएको उहाँले भनाइ थियो । अध्यक्ष दाहालले सातै प्रदेशमा हुने प्रशिक्षण कार्यक्रम चलाउने कुरा जस्तै सांस्कृतिक आन्दोलनका निम्ति पनि अभियान चलाउने योजना ल्याइने प्रतिबद्धता जनाउनुभयो । जनमतको निर्माण साहित्य, कला र गीत सङ्गीतले गर्ने बताउँदै अध्यक्ष दाहालले खुशीराम पाख्रीन कम्युनिष्ट उद्देश्यका निम्ति समर्पित योद्धा भएको स्मरण गर्नुभयो । सपना पूरा गर्न सबैले सङ्कल्प गर्नुपर्नेमा उहाँको जोड थियो । 

कार्यक्रममा नेकपा स्थायी कमिटीका सदस्य अग्नि सापकोटा, पम्फा भुसाल, मणि थापा, साहित्यकार रामेश, रायन, जेवी टुहुरेलगायतको सहभागिता थियो । कार्यक्रममा कलाकारले जनगायक स्व पाख्रिनका शब्द, सङ्गीत रहेका विभिन्न गीत प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड