१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–चीन परामर्श संयन्त्र बैठक सम्पन्न

२७ मंसिर २०७५, बिहीबार १२:०६

मङ्सिर २७, काठमाडौँ | नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औँ बैठक चीनको राजधानी बेइजिङमा आज सम्पन्न भएको छ । 

सचिवस्तरीय संयन्त्रको उक्त बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास बैरागी र उहाँका चिनियाँ समकक्षी कोङ हुनयूले गर्नुभएको थियो । 

बैठकमा दुई देशबीच पारस्परिक सम्बन्धका समग्र पाटोमा विचार विमर्श भएको र ती सबै छलफल फलदायी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन दुवै मुलुकले निकट सम्पर्कमा रहेर विचार आदानप्रदान गर्दै सम्पर्क सञ्जाल विस्तार, भौतिक पूर्वाधार निर्माण, व्यापार लगानी र ऊर्जाजस्ता पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्नेमा विशेष जोड दिइएको छ । 

विगतमा भएका सहमति समझदारीलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न नेपाल र चीनले सहमति जनाउनुका साथै आपसीहितका निम्ति उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वमा उहाँहरुबीच विमर्श भएको थियो । 

नेपाल–चीन सहायताका सन्दर्भमा नेपाली पक्षले आफ्ना प्राथमिकताबारे चीनलाई अवगत गराएको र त्यसैक्रममा दुवै देशले साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा छलफल गरेका थिए । 

बैठकमा चीनले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको थियो । त्यसअघि चीनका स्टेट काउन्सिलर वाङ यीसँग सचिव वैरागीले शिष्टाचार भेट गरी द्विपक्षीयहित र चासोका विविध विषयमा परामर्श गर्नुभएको थियो । 

नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल, बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्साल तथा अन्य सरकारी अधिकारीको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड