१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काङ्ग्रेस महासमिति बैठकको तयारी पूरा

२७ मंसिर २०७५, बिहीबार १३:४२

मङ्सिर २७, काठमाडौँ | नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज पत्रकार सम्मेलन गरी महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेको जानकारी दिनुभयो । काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको हो ।

प्रवक्ता शर्माका अनुसार महासमिति बैठकमा एक हजार ६०० प्रतिनिधि सहभागी हुनेछन् । बैठकमा भारत, जापान, बेलायत, अमेरिकालगायत मुलुकबाट प्रतिनिधि सहभागी हुनेछन् । सहभागी प्रतिनिधिलाई शुक्रबार काङ्ग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय समितिले पारित गरेको राजनीतिक साङ्गठनिक दस्तावेज वितरण गरिनेछ । 

मङ्सिर २९ गते महासमिति बैठक उद्घाटन हुने र सोही दिन बन्दशत्र शुरु हुने काङ्ग्रेसले जनाएको छ । महासमितिमा काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा सशाङ्क कोइरालाले साङ्गठिन, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले आर्थिक र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीका आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नुहुनेछ । 

उक्त प्रतिवेदनलाई प्रदेशस्तरीयरुपमा छलफल गरी उक्त दस्तावेज प्रदेशस्तरीयरुपमा छलफल गरी पारित गरिनेछ । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले महासमिति बैठकले काङ्ग्रेसलाई पुरानो दलबाट नवीन ऊर्जा थप्ने र ठूलो सक्तिलाई व्यवस्थित ढङ्गले लिएर जान प्रेरणा मिल्ने उल्लेख गर्नुभयो । 

पार्टीको महाधिवेशन पछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले नीतिगत सुधार र पार्टीभित्र उठेका फरक धारणालाई सम्बोधन गर्न महासमिति बैठक सफल प्रवक्ता शर्माको भनाइ छ । 

महासमिति बैठकमा करीब रु एक करोड खर्च हुने जनाइएको छ । खर्च व्यवस्थापनका लागि पार्टीको आन्तरिक कोष र जनप्रतिनिधि भइसकेकाबाट लिइनेछ भने महासमितिमा सहभागीलाई दर्ता शुल्कबापत रु एक हजार लिइनेछ । बिहानको खाना र खाजा व्यवस्था गरिए पनि राति बस्ने र खाने व्यवस्था प्रतिनिधि स्वयंले बेहोर्नेछन् । 

काङ्ग्रेसको लेखा समितिको प्रतिवेदनअनुसार चालू आवमा कूल खर्च रु छ करोड ९० लाख २१ हजार ३६८ खर्च भएको छ । गत आवमा रु पाँच करोड ८५ लाख ५८८ खर्च भएको छ । काङ्ग्रेससँग जगेडा रुकम रु एक करोड दुई करोड ८० हजार ८८० रहेको छ । 

महासमिति बैठक अवधिभर हरेक दिन बिहान ११ र दिउँसो ४ बजे पत्रकार सम्मेलन गरी जानकारी दिइनेछ । महासमितिका लागि उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा प्रचारप्रसार तथा स्वागतद्वार बनाइने स्थानीय व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँ (सबुज) ले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड