२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काङ्ग्रेस महासमिति बैठकको तयारी पूरा

२०७५, २७ मंसिर बिहीबार १३:४२

मङ्सिर २७, काठमाडौँ | नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज पत्रकार सम्मेलन गरी महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेको जानकारी दिनुभयो । काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको हो ।

प्रवक्ता शर्माका अनुसार महासमिति बैठकमा एक हजार ६०० प्रतिनिधि सहभागी हुनेछन् । बैठकमा भारत, जापान, बेलायत, अमेरिकालगायत मुलुकबाट प्रतिनिधि सहभागी हुनेछन् । सहभागी प्रतिनिधिलाई शुक्रबार काङ्ग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय समितिले पारित गरेको राजनीतिक साङ्गठनिक दस्तावेज वितरण गरिनेछ । 

मङ्सिर २९ गते महासमिति बैठक उद्घाटन हुने र सोही दिन बन्दशत्र शुरु हुने काङ्ग्रेसले जनाएको छ । महासमितिमा काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा सशाङ्क कोइरालाले साङ्गठिन, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले आर्थिक र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीका आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नुहुनेछ । 

उक्त प्रतिवेदनलाई प्रदेशस्तरीयरुपमा छलफल गरी उक्त दस्तावेज प्रदेशस्तरीयरुपमा छलफल गरी पारित गरिनेछ । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले महासमिति बैठकले काङ्ग्रेसलाई पुरानो दलबाट नवीन ऊर्जा थप्ने र ठूलो सक्तिलाई व्यवस्थित ढङ्गले लिएर जान प्रेरणा मिल्ने उल्लेख गर्नुभयो । 

पार्टीको महाधिवेशन पछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले नीतिगत सुधार र पार्टीभित्र उठेका फरक धारणालाई सम्बोधन गर्न महासमिति बैठक सफल प्रवक्ता शर्माको भनाइ छ । 

महासमिति बैठकमा करीब रु एक करोड खर्च हुने जनाइएको छ । खर्च व्यवस्थापनका लागि पार्टीको आन्तरिक कोष र जनप्रतिनिधि भइसकेकाबाट लिइनेछ भने महासमितिमा सहभागीलाई दर्ता शुल्कबापत रु एक हजार लिइनेछ । बिहानको खाना र खाजा व्यवस्था गरिए पनि राति बस्ने र खाने व्यवस्था प्रतिनिधि स्वयंले बेहोर्नेछन् । 

काङ्ग्रेसको लेखा समितिको प्रतिवेदनअनुसार चालू आवमा कूल खर्च रु छ करोड ९० लाख २१ हजार ३६८ खर्च भएको छ । गत आवमा रु पाँच करोड ८५ लाख ५८८ खर्च भएको छ । काङ्ग्रेससँग जगेडा रुकम रु एक करोड दुई करोड ८० हजार ८८० रहेको छ । 

महासमिति बैठक अवधिभर हरेक दिन बिहान ११ र दिउँसो ४ बजे पत्रकार सम्मेलन गरी जानकारी दिइनेछ । महासमितिका लागि उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा प्रचारप्रसार तथा स्वागतद्वार बनाइने स्थानीय व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँ (सबुज) ले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने