१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

मन्त्री पुनद्वारा सिँचाइ आयोजनाको निरीक्षण

२८ मंसिर २०७५, शुक्रबार ०६:२२

मङ्सिर २८, कलैया | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बारा जिल्लामा रहेका विभिन्न सिँचाइ तथा तटबन्ध योजनाहरूको अनुगमन निरीक्षण गर्नुभएको छ । 

बङ्गुरी खोलामा बाढी आएर त्यस क्षेत्रका स्थानीयहरूको उठीबास नै हुने स्थिति भएपछि सरकारले सो खोलामा तटबन्ध निर्माण गरेको थियो । मन्त्री पुनले सो तटबन्धको निरीक्षण गर्दै सरकारको तर्फबाट अझै सहयोग गर्ने प्रतिबद्धता व्यतm गर्नुभयो । 

त्यसैगरी मन्त्री पुनले आजै कोतवालीको ददरङ्गवा नजिकै रहेको जमुनी सिँचाइ आयोजना र साविक कचोर्वा गाविसमा रहेको अढुवा सिँचाइ आयोजनाको समेत अनुगमन निरीक्षण गर्दै चाँडो भन्दा चाँडो आयोजना सम्पन्न गरी किसानलाई सिँचाइको भरपुर फाइदा पुर्याउन पहल गर्ने प्रतिबद्धता गर्नुभयो । 

अनुगमन टोलीमा नेकपाका प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साह, इन्चार्ज सत्यनारायण मण्डल, प्रदेश सभासदस्य मोहम्मद समीर, नेता अनिल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । यसैबीच मन्त्री पुनले यहाँस्थित प्रसिद्ध गढीमाई मन्दिरको पनि अवलोकन गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड