२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गच्छदार बैठकमा बोल्न थालेपछि कांग्रेसका सबै नेता आतंकित

२०७५, २९ मंसिर शनिबार १२:२६

मङ्सिर २९, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले बोल्न थालेपछि नेपाली कांग्रेसका सबै नेताहरु आतंकित हुने बताए । काठमाडौंमा जारी कांग्रेसको महासमिति बैठकमा बोल्दै नेता गच्छदारले आफू रहरले मात्र नभई कांग्रेसलाई बलियो बनाउन पार्टीमा फर्किएको उल्लेख गरे । 

उनले आफू १ घण्टामात्र नभई लगातार ३ घण्टा नै बोल्न सक्ने बताउँदै कम्युनिष्टहरुको धज्जी उढाइदिन सक्ने समेत बताए । 

उनले आफूले धेरै नेताहरुसँग तपाईले यो किन गर्नुभयो, तपाईले यहाँ बिगार्नुभयो भनेर बाझ्ने गरेको बताउँदै कार्यकर्ताहरु आफ्नो भाषण सुन्न २ घण्टासम्म तयार हुने बताए । 

ठट्यौली रुपमा प्रस्तुत भएका गच्छदारले २०६४ सालको चुनावमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चुनाव हारेको, नेकपा नेता माधव नेपालले पनि दुई–दुई ठाँउमा हारेर पनि कांग्रेसका कारण प्रधानमन्त्री बन्न पाएको उल्लेख गरे । उनले रामचन्द्र पौडेलले मात्र चुनाव हारेको नभई चुनाव हार्ने अरु पनि रहेको भन्दै अर्को पटक जित्ने दिन आउने उल्लेख गरे । 

उनले आफू कांग्रेसमा आफू त्यतिकै फर्किएको नभई रामचन्द्र पौडेल, शेरबहादुर देउवा, सुशील कोइरालाको आग्रहमा पार्टीमा फर्किएको बताए । उनले केपी शर्मा ओली, प्रचण्डले कांग्रेसमा नजान भनेको स्मरण गर्दै दुई कम्युनिष्टले कांग्रेसलाई पछाडि पार्छ भन्ने थाहा पाउँदापाउँदै पार्टीमा आएको बताए ।

दुई कम्युनिष्ट मिले भने संसदीय प्रजातन्त्रलाई कमजोर पार्छन, जनताको, प्रेसको अधिकार खोसिन्छ भनेर पार्टी एकता गरेर आएको उल्लेख गरे । उनले पार्टीमा अचम्मको प्रेम देखेको बताउँदै रामचन्द्र पौडेल र शेरबहादुर देउवालाई मिलेर अघि बढ्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने