१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गच्छदार बैठकमा बोल्न थालेपछि कांग्रेसका सबै नेता आतंकित

२९ मंसिर २०७५, शनिबार १२:२६

मङ्सिर २९, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले बोल्न थालेपछि नेपाली कांग्रेसका सबै नेताहरु आतंकित हुने बताए । काठमाडौंमा जारी कांग्रेसको महासमिति बैठकमा बोल्दै नेता गच्छदारले आफू रहरले मात्र नभई कांग्रेसलाई बलियो बनाउन पार्टीमा फर्किएको उल्लेख गरे । 

उनले आफू १ घण्टामात्र नभई लगातार ३ घण्टा नै बोल्न सक्ने बताउँदै कम्युनिष्टहरुको धज्जी उढाइदिन सक्ने समेत बताए । 

उनले आफूले धेरै नेताहरुसँग तपाईले यो किन गर्नुभयो, तपाईले यहाँ बिगार्नुभयो भनेर बाझ्ने गरेको बताउँदै कार्यकर्ताहरु आफ्नो भाषण सुन्न २ घण्टासम्म तयार हुने बताए । 

ठट्यौली रुपमा प्रस्तुत भएका गच्छदारले २०६४ सालको चुनावमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चुनाव हारेको, नेकपा नेता माधव नेपालले पनि दुई–दुई ठाँउमा हारेर पनि कांग्रेसका कारण प्रधानमन्त्री बन्न पाएको उल्लेख गरे । उनले रामचन्द्र पौडेलले मात्र चुनाव हारेको नभई चुनाव हार्ने अरु पनि रहेको भन्दै अर्को पटक जित्ने दिन आउने उल्लेख गरे । 

उनले आफू कांग्रेसमा आफू त्यतिकै फर्किएको नभई रामचन्द्र पौडेल, शेरबहादुर देउवा, सुशील कोइरालाको आग्रहमा पार्टीमा फर्किएको बताए । उनले केपी शर्मा ओली, प्रचण्डले कांग्रेसमा नजान भनेको स्मरण गर्दै दुई कम्युनिष्टले कांग्रेसलाई पछाडि पार्छ भन्ने थाहा पाउँदापाउँदै पार्टीमा आएको बताए ।

दुई कम्युनिष्ट मिले भने संसदीय प्रजातन्त्रलाई कमजोर पार्छन, जनताको, प्रेसको अधिकार खोसिन्छ भनेर पार्टी एकता गरेर आएको उल्लेख गरे । उनले पार्टीमा अचम्मको प्रेम देखेको बताउँदै रामचन्द्र पौडेल र शेरबहादुर देउवालाई मिलेर अघि बढ्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड