२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका स्वास्थ्य संस्थाको स्तरबृद्धिका लागि कुनै कसर बाकी नराख्नेः मन्त्रि सुवेदि

२ पुष २०७५, सोमबार १५:२१

कमल रावल | पुष २, अछाम । सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्रि कृष्णराज सुवेदिले जिल्ला अस्पताल अछामको स्तरबृद्धिका लागि ७० लाख विनियोजन गरिएको बताउनु भएको छ । पहीले मन्त्रि परिषदको बैठकबाट ५० लाख विनियोजन गरिएतापनी आफुले मन्त्रिको पद सम्हाल्ने बित्तिकै २० लाख थप्न सफल भएको बताउनु भयो । 

सुदुरपश्चिम सामाजिक बिकास मन्त्रालयले जिल्ला अस्पताल अछाममा गरेको पत्रकार अन्तरक्र्रिया कार्यक्रममा बोल्दै सुवेदिले कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० लाख र प्रत्येक स्थानिय तहमा स्वास्थ्यको स्तरबृद्धि सहीत प्रसृती गृह स्थापनाका लागि १८/१८ लाख विनियोजन गरिएको बताउनु भयो । सुदुरपश्चिमका ७ वटा जिल्ला मध्ये अछाम जिल्ला सबैभन्दा बढि बजेट विनियोजन भएको बताउनु भयो ।

एक अर्को प्रसँगमा बोल्दै सुवेदिले जिल्ला अस्पतालको स्तरबृद्धिका लागि आगामि दिनमा स्थानिय तहसँगै समन्वय गर्दै अघि बढ्ने बताउनु भयो । जिल्लाका अधुरा रहेका स्वास्थ्यका भवन तत्काल निर्माणका लागि सम्बन्धीत ठेकेदारलाई ताकेता समेत गर्ने पत्रकार अन्तरक्र्रियामा बताएका थिए । आफनो मन्त्रालयले गर्ने काम जनता, कर्मचारिको हितमा हुने भएकाले सबैलाई साथ दिन उहाँले आग्रह गर्नु भएको थियो ।


अन्तरक्र्रियामा सुदुरपश्चिम सामाजिक बिकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुवरले स्वास्थ्य क्षेत्रको गुणस्तरियताका लागि आफुहरुले नयाँ नयाँ कार्यक्रमको सृजना गर्दै आईरहेको बताउनु भयो । सुदुपश्चिम प्रदेशमा अछाम जस्ता ९ वटा स्वास्थ्य कार्यालय स्थापना हुने भएकाले स्थानिय सरकारसँग पुलको काम गर्दै सहजिकरणको साथ अघि बढने बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका प्रमुख आशुतोश श्रेष्ठले बाजुरा र अछाम कार्यक्षेत्र हुने गरि अछामको स्वास्थ्य डिभीजन भएकाले आवश्यक थप सेवा प्रभावकारि बनाउन भएकाले नयाँ स्थापना भएको जिल्ला स्वास्थ्य कार्यालय अछामको बारेमा यसरी जानकारी गराउनु भएको थियो ।  

पत्रकार अन्तरक्र्रिया कार्यक्रममा अछाम प्रदेश सभा सदस्य हर्क बहादुर कुवर गोविन्द, बल बहादुर सोडारि, मंगलसेन नगरप्रमुख पदम बहादुर बोहरा, उपप्रमुख सरिता उपाध्याय, नेकपा अछाम जिल्ला कमिटी सदस्य भिम रावल, जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर अशोक शाह, स्वास्थ्यकर्मि, संञ्चारकर्मिको सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन सामाजिक बिकास मन्त्रालयका सुचना अधिकारी हेमराज खड्काले गर्नु भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला