२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा हुम्लाको पार्टी कार्यालय उद्घाटन

३ पुष २०७५, मंगलवार १६:१८

रेशमराज रोकाया | पुष ३, हुम्ला | तत्कालिन एकिकृत नेकपा माओवादी (केन्द्र) र नेकपा (एमाले) एकिकरण भएको लामो समय पछि हुम्लाको पार्टी कार्यलयको उद्घाटन भएको छ । पार्टी एकिकरण पछि कर्णाली प्रदेशको जिम्मेवारी र प्रदेश समितिको चयन पछि हुम्लामा नेकपाको कार्यलय औपचारिक रुपमा उद्घाटन गरिएको हो । 

नेकपाका कर्णाली प्रदेशका अध्यक्ष गोरख बहादुर वोगटीले गर्नु भएको उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी, कर्णाली प्रदेश समितिका सदस्य तथा सामाजिक विकास मन्त्री दल रावल, कर्णाली विकास आयोगका सदस्य डा. दिपेन्द्र रोकायाको समेत उपस्थिती रहेको थियो । पार्टीको अगुवा कार्यकर्तालाई प्रशिक्षण र हुम्लाका स्थानिय तहमा पार्टी समिति चयन, प्रशिक्षण लगायतका कार्यक्रमको साथमा पार्टीलाई एक ढिक्का बनाई अझ पार्टी सुदृढीकरणको अभियानमा लाग्नको लागि सबै एक हुनु पर्नेमा बक्ताको जोड रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै कर्णाली प्रदेश समितिका अध्यक्ष गोरख बहादुर वोगटीले देशमा नेकपाको दुई तिहाई बहुमतको सरकारले हाल सम्म देशमा नभएका परिवर्तन पाँच वर्षमा गरी देखाउने जिकिर गर्नु भयो । सम्वृृद्ध देश निर्माणमा नेकपाको सरकार लागि परेको र आगामी दिनमा यसको अझ रफ्तार बढ्ने बताउनु भयो ।

आजै जिल्ला समन्वय समितिको सभा कक्षमा जिल्लाका अगुवा कार्यकर्तालाई प्रशिक्षणपनि दिईएकोछ । प्रशिक्षण पछि सम्पूर्ण टोली गाउँपालिका स्तरको समिति चयनमा गाउँमा अभियान सहित परिचालन गरिने कार्यक्रम रहेको नेकपा केन्द्रिय सदस्य विजय भण्डारीले बताउनु भयो । हुम्लाको पार्टी एकिकरणको ईन्चार्ज समेत जिम्ममा पाएका भण्डारीले नेकपाको सरकारले गरेको राम्रा कामको बारेमा जनस्तरमा प्रचार प्रसार गर्ने, पार्टी सुदृढीकरणको लागि ग्रामिण स्तरबाट सुझाव सल्लाह सहित नयाँ पार्टी निर्माणको अभियानमा लाग्ने योजना रहेको भण्डारीले बताउनु भयो । 

जिल्लाको स्थानिय तहको पार्टी समिति निर्माण पछि जिल्लामा नेकपाको सम्पूर्ण गतिविधिलाई चुस्ता बनाउनको लागि समेत एक कार्यदल बनाईएको छ । कार्यदलले पार्टीको हरेक तह तप्कालाई सन्तुलित बनाई आगमी दिनमा पार्टीलाई सुदृढ बनाउनको लागि सबैले लाग्नु पर्नेमा सामाजिक विकास मन्त्री दल बहादुर रावलले बताउनु भयो । 


माथिको तश्वीरमा: पार्टी एकिकरण पछि हुम्लामा नेकपाको पार्टी कार्यलयको साईनबोर्ड उद्घाटन पछि दायाँबाट क्रमशः सम्वोधन गर्दै कर्णाली प्रदेश अध्यक्ष गोरख बहादुर बोगटी, नेकपा केन्द्रिय सदस्य विजय भण्डारी, सामाजिक विकास मन्त्री दल रावल र कर्णाली विकास आयोगका सदस्य डा. दिपेन्द्र रोकाया । फोटो: रेशमराज रोकाया


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य