२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा हुम्लाको पार्टी कार्यालय उद्घाटन

२०७५, ३ पुष मंगलवार १६:१८

रेशमराज रोकाया | पुष ३, हुम्ला | तत्कालिन एकिकृत नेकपा माओवादी (केन्द्र) र नेकपा (एमाले) एकिकरण भएको लामो समय पछि हुम्लाको पार्टी कार्यलयको उद्घाटन भएको छ । पार्टी एकिकरण पछि कर्णाली प्रदेशको जिम्मेवारी र प्रदेश समितिको चयन पछि हुम्लामा नेकपाको कार्यलय औपचारिक रुपमा उद्घाटन गरिएको हो । 

नेकपाका कर्णाली प्रदेशका अध्यक्ष गोरख बहादुर वोगटीले गर्नु भएको उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी, कर्णाली प्रदेश समितिका सदस्य तथा सामाजिक विकास मन्त्री दल रावल, कर्णाली विकास आयोगका सदस्य डा. दिपेन्द्र रोकायाको समेत उपस्थिती रहेको थियो । पार्टीको अगुवा कार्यकर्तालाई प्रशिक्षण र हुम्लाका स्थानिय तहमा पार्टी समिति चयन, प्रशिक्षण लगायतका कार्यक्रमको साथमा पार्टीलाई एक ढिक्का बनाई अझ पार्टी सुदृढीकरणको अभियानमा लाग्नको लागि सबै एक हुनु पर्नेमा बक्ताको जोड रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै कर्णाली प्रदेश समितिका अध्यक्ष गोरख बहादुर वोगटीले देशमा नेकपाको दुई तिहाई बहुमतको सरकारले हाल सम्म देशमा नभएका परिवर्तन पाँच वर्षमा गरी देखाउने जिकिर गर्नु भयो । सम्वृृद्ध देश निर्माणमा नेकपाको सरकार लागि परेको र आगामी दिनमा यसको अझ रफ्तार बढ्ने बताउनु भयो ।

आजै जिल्ला समन्वय समितिको सभा कक्षमा जिल्लाका अगुवा कार्यकर्तालाई प्रशिक्षणपनि दिईएकोछ । प्रशिक्षण पछि सम्पूर्ण टोली गाउँपालिका स्तरको समिति चयनमा गाउँमा अभियान सहित परिचालन गरिने कार्यक्रम रहेको नेकपा केन्द्रिय सदस्य विजय भण्डारीले बताउनु भयो । हुम्लाको पार्टी एकिकरणको ईन्चार्ज समेत जिम्ममा पाएका भण्डारीले नेकपाको सरकारले गरेको राम्रा कामको बारेमा जनस्तरमा प्रचार प्रसार गर्ने, पार्टी सुदृढीकरणको लागि ग्रामिण स्तरबाट सुझाव सल्लाह सहित नयाँ पार्टी निर्माणको अभियानमा लाग्ने योजना रहेको भण्डारीले बताउनु भयो । 

जिल्लाको स्थानिय तहको पार्टी समिति निर्माण पछि जिल्लामा नेकपाको सम्पूर्ण गतिविधिलाई चुस्ता बनाउनको लागि समेत एक कार्यदल बनाईएको छ । कार्यदलले पार्टीको हरेक तह तप्कालाई सन्तुलित बनाई आगमी दिनमा पार्टीलाई सुदृढ बनाउनको लागि सबैले लाग्नु पर्नेमा सामाजिक विकास मन्त्री दल बहादुर रावलले बताउनु भयो । 


माथिको तश्वीरमा: पार्टी एकिकरण पछि हुम्लामा नेकपाको पार्टी कार्यलयको साईनबोर्ड उद्घाटन पछि दायाँबाट क्रमशः सम्वोधन गर्दै कर्णाली प्रदेश अध्यक्ष गोरख बहादुर बोगटी, नेकपा केन्द्रिय सदस्य विजय भण्डारी, सामाजिक विकास मन्त्री दल रावल र कर्णाली विकास आयोगका सदस्य डा. दिपेन्द्र रोकाया । फोटो: रेशमराज रोकाया


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने