१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद् कानून निर्माणमा लागिरहेको छ : अध्यक्ष तिमिल्सिना

६ पुष २०७५, शुक्रबार ११:०६

पुस ६, काठमान्डौ  (रासस) |  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यका बीचमा शिष्टाचार भेटघाट भएको छ । सङ्घीय संसद् सचिवालय सिंहदरबारमा आज भएको भेटघाटमा उहाँहरुबीच द्विपक्षीय हित तथा संसदीय गतिविधिलगायत विविध विषयमा कुराकानी भएको थियो । 

अध्यक्ष तिमिल्सिनाको सचिवालयद्वारा जारी विज्ञप्तिका अनुसार भेटघाटमा अध्यक्ष तिमिल्सिनाले नेपालले सङ्घ, प्रदेश र स्थानीय निकायको निर्वाचन सम्पन्न गरी आवश्यक कानून निर्माणमा संसद् लागिरहेको बताउनुभएको थियो । 

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “समृद्ध नेपाल सुखी नेपाली भन्ने ध्येयका साथ नेपाल सरकार आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको छ । पूर्वाधारसँगै व्यापार, पर्यटन र कृषिको आधुनीकरणमा जोड दिएको छ ।” 

 अवसरमा जापानी प्रतिनिधिमण्डलका संयोजक कत्सोमी आगाआले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै जापान सरकारको सहयोगमा निर्माणाधीन पाँच परियोजनाको आफ्नो प्रतिनिधिमण्डलले अवलोकन गरेको जानकारी गराउनुभएको थियो । उहाँले नेपालको आर्थिक समृद्धिमा जापान सरकारको साथ र सहयोग निरन्तर रहने जानकारी दिनुभएको थियो । 


 राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यका बीचमा शिष्टाचार भेटघाट भएको छ । सङ्घीय संसद् सचिवालय सिंहदरबारमा आज भएको भेटघाटमा उहाँहरुबीच द्विपक्षीय हित तथा संसदीय गतिविधिलगायत विविध विषयमा कुराकानी भएको थियो । 

अध्यक्ष तिमिल्सिनाको सचिवालयद्वारा जारी विज्ञप्तिका अनुसार भेटघाटमा अध्यक्ष तिमिल्सिनाले नेपालले सङ्घ, प्रदेश र स्थानीय निकायको निर्वाचन सम्पन्न गरी आवश्यक कानून निर्माणमा संसद् लागिरहेको बताउनुभएको थियो । 

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “समृद्ध नेपाल सुखी नेपाली भन्ने ध्येयका साथ नेपाल सरकार आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको छ । पूर्वाधारसँगै व्यापार, पर्यटन र कृषिको आधुनीकरणमा जोड दिएको छ ।” 

 अवसरमा जापानी प्रतिनिधिमण्डलका संयोजक कत्सोमी आगाआले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै जापान सरकारको सहयोगमा निर्माणाधीन पाँच परियोजनाको आफ्नो प्रतिनिधिमण्डलले अवलोकन गरेको जानकारी गराउनुभएको थियो । उहाँले नेपालको आर्थिक समृद्धिमा जापान सरकारको साथ र सहयोग निरन्तर रहने जानकारी दिनुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड