२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा बैठक राजनीतिक प्रतिवेदनमाथिको छलफल सकियो

२०७५, ८ पुष आईतवार ०७:४९

पुस ८, काठमान्डौ (रासस) |  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को स्थायी समितिको जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ । 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी आज बिहानको बैठकमा नेता प्रदीप ज्ञवालीले प्रतिवेदनका विषयमा आफ्ना भनाइ राखेपछि अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रतिवेदनमाथि उठेका प्रश्नको विषयमा आज अपरान्ह ४ः३० बजे बस्ने बैठकमा अध्यक्षद्वयले जवाफ दिने कार्यक्रम छ । “प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदनका विषयमा आफ्ना विचार राख्नुभयो, बिहानै अध्यक्षद्वयले छलफलमाथिको प्रतिउत्तर राख्ने सम्भावना थियो, समय अनुकुल भएन त्यसैले आजै ४ बजेपछि पुन बस्ने बैठकमा उहाँहरुले विचार राख्नुहुन्छ” प्रवक्ता श्रेष्ठले भन्नुभयो । 

नेकपाका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार विशेष समय लिएर वरिष्ठ नेता माधवकुमार नेपालले एशिया प्यासफिक सम्मेलनका विषयमा आफ्ना भनाइ राख्नुभएको थियो । प्यासफिक सम्मेलनमा सहभागी भएको भनेर केही नेताले बैठकमा आलोचना गरेका थिए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रतिवेदन बाहेकका विषयमा केही भनाइ राख्नुभएको श्रेष्ठले जानकारी दिनुभयो । 

गएको मङ्सिर २९ गतेदेखि अध्यक्षद्वयको संयुक्त राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । जारी बैठकमा बोल्ने क्रममा कतिपय स्थायी कमिटीका सदस्यले पार्टी एकीकरणले पूर्णता पाउन नसकेको, सरकराले जनअपेक्षा अनुसार काम गर्न नसकेको लगायतका विषयमा आलोचना गरेका थिए । उठेका सवालमा अध्यक्षद्वयको जवाफ आएपछि राजनीतिक प्रतिवेदन पारित हुने या परिमार्जन गर्ने भन्ने विषय निक्र्यौल हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने