२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

प्रदेश ३ को मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता तीन निर्णय

२०७५, ९ पुष सोमबार ०९:०८

पुस ९, हेटौंडा | ३ नम्बर प्रदेश सरकारको सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीनवटा निर्णय गरेको छ । 

करिब डेढ घण्टा बसेको बैठकले प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ को अनुसूची १ र २ को स्वीकृति, प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्ध बनेको विधेयक २०५७ को संशोधनमा बनेको विधेयक स्वीकृत तथा सहकारीमा आधारित सामूहिक खेती प्रणाली स्किमको सैद्धान्तिक स्वीकृत प्रदान गरिएको छ । 

प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा बनेको विधेयक २०५७ को संशोधन विधेयक स्वीकृत भएसँगै अब प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुले प्राप्त गर्ने विभिन्न सेवासुविधा नगद नभएर वस्तु नै प्राप्त गर्ने ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैशाल ढुंगेलले जानकारी दिए। यसअघि प्रदेशसभा सदस्य तथा पदाधिकारीहरुले प्रदेश सरकारबाट सेवा सुविधाबापत वस्तु नभएर नगद बुझ्दै आएका थिए। मन्त्री ढुंगेलका अनुसार सहकारीमा आधारित सामूहिक खेती प्रणाली स्किमअनुसार निजीक्षेत्र, सामुदाय र सहकारीमा आधारित कृषि प्रणालीको विकास गर्ने प्रदेश सरकारका योजना अनुसार अब काम अगाडि बढ्नेछ। सामूहिक कृषि खेतीका लागि अब कानुन बनाउने बाटो खुलेको ढुंगेलले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा