२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ३ को प्रदेशसभा बैठक पुस ११ मा

२०७५, ९ पुष सोमबार १३:४९

पुष ९, हेटौँडा (रासस) | प्रदेश नं ३ प्रदेशसभाको बैठक यही पुस ११ गते दिनको ३ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

उक्त बैठकमा विभिन्न चार विधेयक पूर्ण छलफलका लागि प्रस्तुत हुने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले जानकारी दिनुभयो । सोही बैठकमा विभिन्न चार विधेयकमध्ये प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक २०७५, प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण, सु–व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश सरकारको सञ्चालन एवम व्यवस्थापन गर्न बनेको विधेयक २०७५ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सु–व्यवस्था गर्न बनेको विधेयकलाई थप संशोधन गर्न बनेको विधेयक २०७५ लाई पूर्ण छलफलका लागि प्रस्तुत गरिने सचिवालयका कानून उपसचिव विनोद अमात्यले राससलाई बताउनुभयो । 

सचिवालयमा आजै अपराह्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते बस्ने बैठकमा प्रस्तुत हुने विभिन्न विधेयक र उक्त विधेयकमाथि छलफलका लागि प्रदेशसभा सदस्यले बोल्ने समय निर्धारण गरिएको र विभिन्न समितिमा दफावार छलफलका लागि विधेयक पठाइने भएको नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले बताउनुभयो । यसअघि प्रदेश सभाको बैठक गत मङ्सिर ११ गते बसी पाँच वटा विधेयक पारित गरेर स्थगन भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने