१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ५ द्वारा प्रशासकीय कार्यविधि विधेयक सर्वसम्मतिले पारित

९ पुष २०७५, सोमबार १४:०४

पुष ९, खस्यौली (रासस) | प्रदेश नं ५ को प्रदेशसभाले आज प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । 

आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले पारित गरियोस् भन्ने प्रस्ताव गरेपछि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि सो विधेयक पारित भएको हो । यसअघि प्रदेशसभा नियमावली, २०७४ को नियम २१२ बमोजिम निमावलीको नियम निलम्बनको प्रस्ताव प्रदेशसभा सदस्य चेतनारायण आर्चायले राख्नुभएको थियो । 

मन्त्री केसीले प्रदेश नं ५ जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५, प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । त्यसअघि प्रदेशसभामा प्रदेश नं ५ प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ अन्तर प्रदेश बासिन्दा समान सुरक्षा, व्यवसाय र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सैद्धान्तिक छलफल भएको थियो । 

सो अवसरमा प्रदेश नं ५ प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्य दामाकुमारी शर्माले मिडिया स्वतन्त्रका नाममा स्वच्छन्द हुन खोजेको उल्लेख गर्दै विधेयकमा अनुगमन र नियमनको व्यवस्था हुनुपर्ने बताउनुभयो । 

प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले जनताको सुसूचित हुने अधिकारलाई विधेयकले सुरक्षित गर्न खोजेको बताउनुभयो । प्रदेशसभा सदस्य रेवतीरमण शर्माले प्रसारण सम्बन्धमा बनेको ऐनले लोकतन्त्रलाई बलियो बनाउने तर्क गर्नुभयो । 

प्रदेश नं ५ अन्तर प्रदेश बासिन्दा समान सुरक्षा, व्यवसाय र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सहभागी हुँदै प्रदेशसभा सदस्य कल्पना पाण्डेले मधेशको हकमा आमाको नामबाट नागरिकता पाउने हक कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो । यसअघि प्रदेश सभाका सदस्य विष्णु पन्थी, दीपेन्द्रकुमार अधिकारी र फखरुद्धिन खानले विशेष समयमा बोल्दै विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार