१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय अभिभारा पूरा गर्न बैठक महत्वपूर्ण : अध्यक्ष दाहाल

११ पुष २०७५, बुधबार ०९:२३

पौष ११ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा विभिन्न सदस्यले राख्नुभएका विचार तथा जिज्ञासाको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आज जवाफ दिनुभएको छ । 

गत मङ्सिर २९ गतेदेखि शुरु भएको उक्त बैठक अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएपछि अध्यक्ष दाहालले उक्त बैठकमा भएको बहसले आपसमा एकताबद्ध भई राष्ट्रिय अभिभारा पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको नेता बेदुराम भुसालले जानकारी दिनुभयो । 

अध्यक्ष दाहालले सङ्गठन सुदृढिकरणका लागि एउटा कार्यदल गठन गरी अघि बढ्न सकिने विचार व्यक्त गर्नुभयो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भए गरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश गरिएका छन् । पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिउत्तर दिने कार्यक्रम तय भएको छ । ती राजनीतिक प्रतिवेदन आवश्यकताअनुसार परिमार्जन गरी सर्वसम्मत पारित गरिने छ । 

बैठकले जनकनन्दनी गाउँपालिका–४ धनुषा निवासी पार्टीका नेता योगेन्द्र शाहप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । गएराति दिवङ्गत हुनुभएका उहाँका शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । बैठक यही पुस १२ गते अपरान्ह ३ बजेदेखि पार्र्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरी आज स्थगित भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार