पौष ११, काठमाडौं । सरकारले निजामती कर्मचारी समायोजनका लागि संरचना र दरबन्दीको निर्धारण गरेको छ । सरकारले देशभर १ लाख ३८ हजार १७८ दरबन्दी कायम गरेको छ।
संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दी कायम भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका सहसचिव केदार प्रसाद पनेरुले जानकारी दिए।
‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ अनुसार सरकारका तिनै तह संघ, प्रदेश र स्थानीय तहमा काम गर्ने कर्मचारीको संख्या तोकिएको हो । संरचना र दरबन्दीको आधारमा अब कर्मचारी समायोजन प्रक्रिया अघि बढ्ने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। काम शुरु भएको २१ दिनभित्रमा कर्मचारी समायोजनको कार्य पुरा हुने मन्त्रालयले जनाएको छ ।