१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भूमिहीनको समस्या समाधानका लागि सरकार गम्भीर: उपप्रम यादव

११ पुष २०७५, बुधबार ११:००

पुस ११, लहान | उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपालमा बसोवास बस्ती संरक्षण समाजको २ नं प्रदेश अधिवेशनको आज लहानमा उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री यादवले भूमिहीन सुकुम्बासी समस्याबाट वास्तविक तथ्य पत्ता लगाएर समाधानका लागि सरकार तत्पर रहेको छ भन्नुभयो । 

प्रदेश नं २ मा सबैभन्दा बढी सुकुम्बासी र भूमिहीनताको समस्या रहेको उल्लेख गर्नुहुँदै वास्तविक भूमिहीनहरुको पहिचान गरी उनीहरुको समस्या समाधानका सरकारले योजना अघि बढाइसकेको बताउनुभयो । 

संविधानले नै भूमिहीन र सुकुम्बासीको उचित व्यवस्थापनका लागि सुनिश्चित गरिसकेको चर्चा गर्नुहुँदै उहाँले भूमिहीन र सुकुम्बासीको उचित व्यवस्थापन नभएसम्म देशको समग्र विकास सम्भव नहुने दाबी समेत गर्नुभयो । 

वास्तविक भूमिहीन सधैँ भूमिहीन नै भइरहने, हुकुम्बासी चाहीँ सुकुम्बासीको नाममा लुटिरहने प्रवृत्ति देखिदै आइरहेको छ, सङ्घीय समाजवादी फोरमका अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री यादवले भन्नुभयो,“यो असाध्यै दुःखद् कुरा हो, यस्तो प्रवृत्तिको अन्त्य नभएसम्म सुकुम्बासी र भूमिहीनताको समस्या समाधान हुन सक्दैन् ।” 

पटकपटक सुकुम्बासी समस्या समाधानका लागि आयोग बने तर, ती आयोगबाट समेत सन्तोषजनक काम हुन नसकेकाले अब सचेत हुनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा नेपाल बसोवास बस्ती संरक्षण समाजका महासचिव कुमार कार्कीले प्रदेश नं २ मा मात्रै करीब रु तीन लाखको हाराहारीमा भूमिहीन सुकुम्बासीहरु रहेको चर्चा गर्नुहुँदै समस्या समाधानका लागि दबाब दिनुपर्नेमा जोड दिनुभयो । 

नेपाल बसोवास बस्ती संरक्षण समाजका नं प्रदेश २ संयोजक सुभेन्द्र दासको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेकपाका युवा नेता तथा सार्थक अभियान नेपालका अध्यक्ष भरत गौतम, सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य रेखा यादव, अधिकारकर्मी विनोदकुमार विश्वकर्मालगायतले भूमिहीन सुकुम्वासी समस्या बारे बोल्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर