१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धरहराको टुप्पोमा बसि सुधारिएको काठमाडौं हेर्ने मन छः प्रधानमन्त्री

१२ पुष २०७५, बिहीबार ०८:३१

पुस १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको टुप्पोमा चढेर काठमाडौं हेर्ने इच्छा रहेको बताएका छन् । 

धरहरा पुनर्निर्माणको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले धरहराको टुप्पोबाट सुधारिएको काठमाडौं हेर्ने इच्छा व्यक्त गरेका हुन् | 


पहिलेको धरहरा चढ्न ज्येष्ठ नागरिकहरुलाई अप्ठ्यारो हुने भए पनि अब बन्ने धरहरा सजिलै चढ्न सक्ने बन्ने उनले बताए । उनले भने, ‘यसपल्ट धरहराको टुप्पामा जवानहरु मात्र चढ्नसक्ने होइन बुढापाकाहरु पनि चढ्न सक्नेछन् ।’

उनले धरहराको पुनर्निर्माण विकासकै लहरको एउटा हिस्सा भएको बताए । यसलाई उनले ऐतिहासिक कामको शुभारम्भ भएको बताए । २०७२ को भूकम्पले भत्काएका धेरै संरचना पुननिर्माण भइसकेको दाबी गर्दै प्रधानमन्त्री ओलीले केही पुनर्निर्माणको क्रममा रहेको बताए ।

‘मै बनाउँछु मेरो धरहरा’ नारा दिएर पुनर्निर्माणको अभियानलाई केही फरक ढंगले अगाडि बढाउन खोजे पनि त्यसमा ब्रेक लागेको उनले बताए । अहिले नयाँ संकल्पका साथ आफूहरु अगाडि बढेको उनले बताए । 

धरहराको पुनर्निर्माणमा आ-आफ्नो क्षेत्रबाट योगदान गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार